एनआईसि बैंकको एटिएम बुथ फाेरी पैसा चाेरी गर्ने प्रयास गरेका दुई जना पक्राउ

1.4k Shares

सर्लाही हरिवन नगरपालिका ११ मा रहेकाे एनआईसि यसिया बैंकको एटिएम बुथबाट रकम चाेर्न प्रयास गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 
हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेकाे एनआईसि यसिया बैंकको एटिएम बुथमा  माक्स लगाएर फलामको रड लिई पैसा चोर्ने प्रयास गरेका हरिवन नगरपालिका ११ का अन्दाजी  बर्ष २६ का शमसेर देवानर र हरिवन नगरपालिका ११ कै अन्दाजी वर्ष १९ का महमद समसादलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले पक्राउ गरेकाे  ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए  ।
पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएकाे सर्लाही प्रहरीले जनाएको छ । 
उनिहरुले साउन २५ गते राती अन्दाजी सवा १ बजे हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेकाे एनआईसि यसिया बैंकको एटिएम बुथमा  माक्स लगाएर फलामको रड लिई पैसा चोर्ने प्रयास गरेका थिए ।
सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उनिहरुलाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार