Close This

हरिवन नगरपालिका ८ का ४ जना छात्रालाई छात्रवृत्ति वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-७ गते   १४६५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ का ४ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । हरिवन नगरपालिका ८ को महादेव जनता माध्यमिक विद्यालयका ४ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।
२०७५ सालमा सडक दुर्घटनामा परि सहादत भएका स्वा.रोनिश कार्कीको सम्झनामा गठित स्वा.रोनिश कार्की स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा हरिवन नगरपालिका ८ को महादेव जनता माध्यमिक विद्यालयका ४ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको आयोजकले जनाएको छ ।
हरिवन नगरपालिका ८ को महादेव जनता माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत् ४ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको प्रष्तिठानका अध्यक्ष विनोद कुमार कार्कीले जानकारी दिए । उनका अनुसार  हरिवन नगरपालिका ८ को महादेव जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत् झरना खपांगी र अनिषा मगर तथा कक्षा १२ मा  अध्ययनरत् आकृति कुश्वार माझी र कविता बैठा रहेका छन् ।
उनिहरुलाई वर्षभरीको शुल्क तिरी दिनुका साथै विद्यालय पोसाक र शैक्षिक सामाग्री प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । हरेक वर्ष प्रतिष्ठानले विद्यालयका गरिब,दलित तथा जेहन्दार छात्राहरुलाई पोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
प्रष्तिठानका अध्यक्ष कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा छात्रावृत्ति वितरण गरिएको नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव गौतम सिंहले जानकारी दिए । छात्रावृत्ति वितरण कार्यक्रममा   हरिवन नगरपालिका ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना,निवर्तमान वडा अध्यक्ष यज्ञविनोद ढुंगेल, नेकपा(एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा,नेकपा(एमाले)सर्लाहीका नेता चुडामणि वाग्ले, नेकपा(एकिकृत समाजवादी)सर्लाहीका संगठन विभाग प्रमुख भरत कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech