सिन्धुलीको मरिण गाउँपालिकामा रहेको मरिण आधारभूत अस्पतालमा आँखा उपचार इकाईको उद्घाटन गरिएको छ ।बुधबार एक कार्यक्रमका बिच आँखा उपचार इकाईको भव्य रूपमा उद्घाटन गरिएको मरिण गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान तथा गुड भिजन नेपालको सहयोगमा सञ्चालनमा आएको उक्त आँखा उपचार केन्द्रबाट मरिण गाउँपालिका सहित हरिहरपुरगढी र घ्याङलेख गाउँपालिका तथा कमलामाई नगरपालिका लगायत आसपासका पालिकाका नागरिकहरूले सहज रूपमा सेवा लिन सक्ने विश्वास लिईएको मरिण गाउँपालिकाका अध्यक्ष विर्मस मोक्तान(प्रख्यात)ले बताए ।
गाउँपालिकाका अध्यक्ष मोक्तानको अध्यक्षता तथा निवर्तमान मन्त्री एवम बागमती प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायत वडाअध्यक्षहरू तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।