Close This

सर्लाहीमा चाडपर्व विशेष सवारी चेकजाँचमा कडाइ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१३ गते   १२१९ पटक हेरिएको

सर्लाहीमा चाडपर्व लक्षित अनुगमन र चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ । चाडपर्वमा सवारी चालकले क्षमता भन्दा बढी(ओभरलोड) बोक्ने,यात्रुहरुलाई अनावश्यक हैरानी दिने,तोकिएको भाडादर भन्दा बढी भाडा लिने गुनासो आउने भएकाले चेकजाँजमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्राफिक नीयम थाहा भएर पनि पालना नगर्ने,माद्यक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनामा वृद्धि हुने र चाडपर्वको समयमा गैर कानुनी क्रियाकलाप लगायतलाई लक्षित गरि अनुगमन र चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीेले बताए ।
ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकजाँच अभियान सुरु गरिएको र ट्राफिक नीयम पालना गरे नगरेको,क्षमता भन्दा बढी(ओभरलोड) बोके नबोकेको,यात्रुहरुलाई अनावश्यक हैरानी दिए नदिए,तोकिएको भाडादर भन्दा बढी भाडा लिए नलिएको,माद्यक पदार्थ सेवन गरि सवारी चलाए नचलाएको लगायतका विषयलाई प्राथमिकतामा राखेर चाड पर्व विशेष सवारी चेकजाँचलाई बडाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कडाईका साथ कारबाही गरेको छ । पुर्व पश्चीम लोकमार्ग तथा जिल्लाका हुलाकी सडक खण्डहरु र भित्रि सडकहरुका विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीेले बताए ।
दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्बाही,माद्यक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको ट्राफिक प्रहरीले जनाएको छ ।
यात्रुहरुलाई समस्या नहोस भनेर जिल्लाका विभिन्न स्थानमा यात्रु नागरिक सहायता कक्षहरु समेत स्थापना गरिएका छन् । विशेषत जिल्लाको पुर्व पश्चीम लोकमार्ग र मुख्य बजारहरुलाई लक्षित गरेर यात्रु नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech