सर्लाहीका उखु उत्पादक किसानहरुले यो वर्ष उखुको मुल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न माग गरेका छन्।उखु उत्पादक कृषकहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारलाई भेटेर चालु आर्थिक वर्ष २०८२÷०८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल रु सात सय ५० तोक्न माग गरेका हुन ।
सरकार,उद्योगी र किसानहरुको त्रिपक्षीय सहमति अनुसार उखुको मुल्य तोक्नुपर्ने उखु उत्पादक किसानहरुको माग रहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।उनका अनुसार दुई दिन पहिला सिरहा, महोत्तरी, सर्लाही,रौतहट,बारा र सुनसरीका साथै नवलपरासी तथा कञ्चनपुरका उखु उत्पादक किसान अगुवाहरु बसेर निर्णय समेत गरेका छन् ।उखु उत्पादक किसानहरुले गत वर्ष २०८१/०८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल रु ३५ का दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न पनि माग गरेका छन् ।
मंसिर १३ गतेसम्म गत वर्षको अनुदान रकम भुक्तानी नभए आन्दोलनमा उत्रने तयारी गरिएको उखु उत्पादक महासंघ नेपाल सर्लाहीका अध्यक्ष श्यामबाबु रायले बताए।उनका अनुसार देशभर मै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा पछिल्लो समय उखु उत्पादनमा कमी आउनु उद्योग र सरकारले दिनुपर्ने भुक्तानीमा ढिला सुस्ति हो ।