सर्लाही हरिवन ११ मा झडप हँदा ३ जना घाईते प्रहरीद्धारा २ सेल अश्रुग्याँस प्रहार

1.5k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा शनिबार दिउँसो भएको झडपमा ३ जना घाइते भएका छन् । हरिवन नगरपालिका ११ स्थित पाडा बजारको कौडी उठाउने विषयमा विवाद हुँदा नेकपा एमाले र नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका ११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस समेत प्रहार गरेको ईलाकाप्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका ११, स्थित पाडा बजारमा भएको झडपमा घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको छ । ३ जना घाइतेमध्ये शेष बच्चुलाई काठमाडौँ र अर्का घाइते शेष इस्तियारलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
भिड नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भीड तित्तरबित्तर भई स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ । तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेकाले ठूलो किसिमको क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल वेश हरिवनका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक सुशील श्रेष्ठ र ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले झडपमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । तर ती को हुन सो भने प्रहरीले  सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार