जिल्ला मै पहिलाे पटक हरिवन नगरद्वारा डेंगी नियन्त्रणका लागि औषधी छिट्न शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२५ गते   ४३३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाले जिल्ला मै पहिलाे पटक लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरेको छ । पछिल्लो समय  देशभरी डेंगीको संक्रमण फैलिएको भन्दै त्यसको नियन्त्रण तथा रोकथाम गर्ने  हरिवन नगरपालिकाले     लामखुट्टे मार्ने स्प्रे छिट्न सुरु गरेकाे हो ।
खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ हरिवन नगरपालिकाले  नगरलाई नै स्प्रे गर्ने अभियान अन्तर्गत पहिलो दिन मंगलबार हरिवन नगरपालिकाको  ११ को हरिवन बजारका विभिन्न स्थानहरुमा औषधी छिटेकाे हरिवन नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखाका अनुसार औषधी छिट्न नगरपालिकाको स्वास्थ्य शाकाका स्वास्थ्यकर्मीवडा खटेका छन् । 
नगरपालिकाको एम्बुलेन्सले लामखुट्टे मार्ने औषधि छिटेकाे नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिनुभयाे ।डेंगी रोग नियन्त्रण तथा रोकथामको प्रमुख उपाय भनेकै  लामखुट्टे बस्ने वासस्थान र त्यसको लार्भा नष्ट गर्नु भएकोले औषधी छिटिएको नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले बताउनुभयो । उहाँले घर वरपर रहेका खाली बोतल, टायर तथा फोहोरहरु लामखुट्टेको बासस्थान भएकोले ती स्थानहरु सफा गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै  घरमा राखिएका गमला,नहरको पानीमा समेत लामखुट्टेले फुल पार्ने भएकोले ती स्थानहरुमा पानी जम्न नदिन नगरवासीलाई हरिवन नगरपालिकाले आग्रह गरेकाे छ । हरिवनमा डेंगी संक्रमितहरुको यकिन तथ्यांक नभएपनि ३०/३५ जनाभन्दा बढी यसबाट संक्रमित भएका हुन सक्ने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech