हरिपुर्वा ५ मा दाजुभाई विचकाे झगडा हुँदा तीन राउन्ड हवाई फायर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   २८० पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा छोरा मारेको आरोपमा भाईको परिवारमाथि आक्रमण भएको छ । शुक्रवार साँझ हरिपुर्वा नगरपालिका ५ का भरत रायको परिवारले भाई गणेशी रायको परिवारमाथि आक्रमण गरेको सर्लाही प्रहरीले जनाएको छ । 
करिब ६/७ महिना पहिलन भरतका छोरा झुण्डीएको अवस्थामा फेला परेका थिए । सोहि घटनालाई लिएर दुइ दाजुभाईबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्रहरीका अनुसार छोरा मनोजको हत्या गरेको आरोप लगाउँदै दाजु भरतका परिवारले भाइ गणेशीको परिवार माथि आक्रमण गरेका हुन । 
दुइ दाजुभाईबीचको झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए। उनका अनुसार स्थानीय समेत घटनामा सहभागी भएपछि स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हाे। घटना पछि भरतले भाई गणेशी विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । त्यस पछि गणेशी फरार भएका स्थानीयको भनाई छ । 
छठ पर्व मनाउन घर आएकाे समयमा उनीहरुबीच शुक्रवार साँझ झगडा भएको हाे । लगत्तै जम्मा भएका भरत पक्षका स्थानीयले गणेशीको घर घेराहालेका थिए ।  झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेर घटनास्थल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोखरेलले जनाए । प्रहरी उपरीक्षक पोखरेलका अुनसार  घटनास्थल प्रहरीको नियन्त्रणमा आएपछि अहिले अवस्था सामान्य छ ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech