स्वतन्त्र उम्मेदवार कुशवाहसंग दलिय उम्मेदवारहरु झस्किए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   २०८ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहलाई जनता जनताले जितको शुभकामना दिएका छन् । घरदैलोको क्रममा बागमती नगरपालिका ४ पुगेका कुशवाहलाई स्थानिय जनताहरुले फुलमाला लगायर स्वागत् गर्दै जितका लागि शुभकामना दिएका हुन् । देशलाई सक्रिय र पढेलेखेका युवाको जरुरी रहेको भन्दै स्थानियले कुशवाहलाई जोडदार रुपमा अघि बढ्न र आफुहरु साथमा रहेको सल्लाह दिएका हुन ।
दलका नेताहरुले जनतालाई ठगेको र उनीहरुलाई पत्याउने अवस्था नरेकाले आफुले स्वतन्त्रबाट उम्मेदवारी दिएको र सर्लाही ३(क)का जनताकोसाथ र हौसल्लाले आफ्नो जित सुनिश्चित रहेको कुशवाहले कमलामाई मिडिया प्रा.लिलाई बताए । युवाहरुले समेत स्वस्फुर्त रुपमा चुनावी प्रचार प्रसारमा आफुलाई  सहयोग गरि रहेका बताउँदै कुशवाहले सर्लाही ३(क)का जनताको पुर्णसाथ पाएको बताए ।
उनले देश र जनताको समस्या र त्यसका समाधानका लागि के गर्न सकिन्छ भन्ने योजना आफुसंग रहेको र आफ्नो जनताले राम्ररी बुझेका बताए । आफ्नोप्रदेश सभामापर्नेबरहथवानगरपालिकाको वडा,हरिपुर नगरपालिकाको वडा,हरिवन नगरपालिकाका वडाहरु र बागमती नगरपालिकाका वडाहरुमा अहिले सम्म आफ्नो पकड र माहोल राम्रो रहेको बताउँदै उनले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
युवाहरुले कुशवाहको एजेण्डा र अनुहार जनतालाई चाहिने भन्दै उनको चुनाव चिन्ह जेव्रा लाई समर्थन गरेर मत मागिरहेका छन् । केही दलका नेताहरुले समेत उनलाई आन्तरिक समर्थन गरिसकेका छन् । यस प्रदेश सभाबाट पाँच दलिय गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी)पार्टीका डिल्ली प्रसाद उप्रेती र दुई दलिय गठबन्धनको तर्फबाट गणेश प्रसाद प्रसाई उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवार कुशवाह प्रति स्थानिय बुद्धिजिवीहरु,सचेतनागरिकहरु र युवाहरुको क्रेज बढेपछि दलिय उम्मेदवारहरु झस्किएका छन् । 
सर्लाही ३(क)मा बरहथवा नगरपालिकाको वडा नम्बर ५,हरिपुरन गरपालिकाको वडा नम्बर १,हरिवन नगरपालिकाका सबै ११ वटै वडाहरु रबागमती नगरपालिकाको १२ वटै वडाहरु गरि जम्मा २५ वटा वडाहरु रहेका छन् । जसमा प्रदेश सभा सदस्य तर्फका स्वतन्त्र उम्मेदवार कुशवाहको राम्रो पकड रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech