Close This

नेचासल्यान ५ मा खटिएका मतदान अधिकृत राय मृत फेला,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   ८५० पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ६  स्थायी घर भएका विल्टु राय शनिबार बिहान मृत भेटिएका छन् । सोलुखुम्बुकाे नेचासल्यान  ४ काे फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा खटिएका मतदान अधिकृत  राय सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएको छ।

जिल्लाको  नेचासल्यान ५ को आयुर्वेदिक अस्पतालमा कार्यरत उनलाई त्यहाँको मतदान केन्द्रमा अधिकृतका रूपमा खटाइएको थियो।

५६ वर्षीय अधिकृत राय प्रेसर र सुगरबाट पीडित थिए। शुक्रबार राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलजंग  साहले जानकारी दिए । उनका अनुसार शनिबार बिहान करिब ४ बजेतिर अन्य कर्मचारीले उठाउन खोज्दा उनी नउठेपछि प्रहरीमा खबर भएको हो। मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिएको प्रहरी नायव उपरीक्षक  साहले बताए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech