Close This

निर्माणाधिन आइसोलेसन भवनका लागि मरिण गापाको साढे ५ लाख सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१७ गते   ४६९ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन ५० वेडको आईसोलेसनका लागि  मरिण गाउपालिकाले साढे पाँच लाख सहयोग गर्ने भएको छ ।मरिण गाउँकार्यपालिकाको बैठकले निर्माणाधिन आईसोलेसन भवन निर्माणका लागि साढे पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
“अहिले तत्कालका लागि भवन निर्माणमा ५ लाख ५० हजार रकम सहयोग गर्ने निर्णय गरेका छौं । भोलीका दिनमा जिल्लाका अर स्थानिय निकायलाई पर्ने भाग अनुसार सहयोगर्ने छौँ । ” अध्यक्ष बम्जनले बताउनु भयो ।
 जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जादाँ संक्रमितलाई राखेर उपचार गर्न आईसोलेसन वेडको अभाव भएपछि एकै पटक ५० वेडको आईसोलन भवन निर्माण गर्न सुरु गरिएको हो । आईसोलेसन भवन निर्माणमा अहिले विभिन्न निकायहरुले स्वात स्फुर्त रुपमा सहयोग गरी रहेका छन् ।
तनि हप्तामा निर्माण सम्पनन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको आइसोलेसन भवन निर्माणका लागि जिल्लाका स्थानिय निकायहरुबाट आवश्यक सहयोग सुरु भई सकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले सर्व सहमती रुपमा निर्णय गरि निर्माणधिन आइसोलेसनका लागि सहयोग गर्ने निर्णय गरेको गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech