मधेश प्रदेशको सर्लाहीमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाहरुको सहभागिता न्युन देएको छ । ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्रमा गरि कुल २ सय २ जनाको उम्मेदवारी रहेकोमा १५ जना महिलाहरुको मात्रै उम्मेदवारी रहेको हो ।
जिल्लाको क्षेत्र नम्बर १,२,३ र ४ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एक÷एक जना महिलाले उम्मेदवारी दिएकी जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा पाँच जना महिला उम्मेदवार रहेक न थिए। क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा एकजना,प्रदेश सभा २ मा दुई जना, क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा एकजना र क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा पनि एकजना महिलाले उम्मेदवारी दिएकी जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ।
उनका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा आकाश वती दनुवारले स्वतन्त्र,क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा राज कुमारी माझीले स्वतन्त्र,वेची लङ्गेली(बाम लोकतान्त्रीक गठबन्धन) कोतर्फबाट नेकपा(एकिकृत समाजवादी) पार्टी,शान्ती कुमारी लामा,नेकपा(एमाले)शुसिला पासवान,बहुजन एकता पार्टी नेपाल र सीला कुमारी सेनुरियाले स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिईन।
त्यसैगरी क्षेत्र नम्बर २ मा शुसिला कुमारीले(स्वतन्त्र),क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा राजेश्वरी देवी(राष्ट्रिय प्रजातन्त्र पार्टी),क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा पुकारी देवी(राष्ट्रिय प्रजातन्त्र पार्टी) र महेन्द्र साह तेली(नेपाल जनता पार्टी),क्षेत्र नम्बर ३ मा भवानी घिमिरे(हाम्रो नेपाली पार्टी),क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कल्याणी उप्रेती(स्वतन्त्र) र क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा गायत्री कुमारीले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
साथै क्षेत्र नम्बर ४ मा मधुमाला कुमारी यादव(स्वतन्त्र)ले प्रतिनिधि सभा तर्फ र क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा अनिता देवीले (स्वतन्त्र)बाट गरि कुल १५ जना महिलाहरुले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ मा उम्मेदवारी दिएका थिए । जस मध्ये ८ जनालेस्वतन्त्र तर्फबाट र ७ जना महिलाहरुले विभिन्न पार्टीबाट उम्मेदवारी दिएकी मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवाले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा एक जना महिलाको उम्मेदवारी परेको थियो । जिल्लाका चार प्रतिनिधि सभा र ८ प्रदेश सभासदस्य निर्वाचन क्षेत्रमा परेका १५ जना महिलाहरुले उम्मेदवारहरु मध्य क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा(एकिकृत समाजवादी)की लुङ्गेली मात्र निर्वाचित भएकी छन् । प्रत्यक्ष तर्फ ८ जना प्रदेश सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्य गरि १२ जनाका लागि भएको निर्वाचनमा बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा(एकिकृत समाजवादी)की लुङ्गेली मात्र विजयी हुँदा सर्लाहीमा एकजना मात्रै महिला विजयी भएकि हुन ।उनले नेकपा(एमाले)की उम्मेदवार लामालाई ६ हजार ६ सय ९९ मतान्तरले पराजीत गरेकी हुन ।
जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा २ मा ३८ हजार २ सय ७२ मत खसेको थियो । जसमा लुङ्गेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले ६ हजार ९ सय ७८ मत प्राप्त गरेकी छन्। २०७४सालमा जिल्लाको क्षेत्र नम्बर १कोप्रदेश सभा २ बाटएमालेको तर्फबाट निर्वाचित भएकी लुङ्गेलीसंग लामा सहित ११ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए ।
“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारहरुले कोटा अनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । प्रत्यक्षमा टिकट नदिएर समानुपातिकमा मात्र भर पर्नु पर्ने जिल्लाको अवस्था सुधार गर्न भन्दै स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिएका जिल्लाका उम्मेदवारहरु निर्वाचित हुन नसक्नुले राज्यका कानुनी निकाय लगायतका स्थानमा महिला सहभागीता न्युन देखिने अवस्था छ ।” महिला अधिकारकर्मी अम्वीका राउतको भनाई छ ।
“२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि महिला सहभागीता न्युन थियो । महिला सहभागिताको विषय कानुनमै उल्लेख छ । यसका साथै समावेशिताको विषय समेत कानुन मै व्यवस्था गरिएको छ । तर, निर्वाचनका समयमा भने राजनैतिक दलहरूले महिला सहभागिता तथा समावेशिताको विषयलाई त्यति चासोका रूपमा राख्दैनन् । जसका कारण पनि महिला सहभागीता न्युन देखिएको हो । ”महिला अधिकारकर्मी लक्ष्मी गोले(प्रधान)ले बताईन् ।
“२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)बीच गठबन्धन भएको थियो । गठबन्धनमा रहेका दललगायतका ठूला दलहरूले पनि प्रत्यक्षतर्फ महिलाहरुलाई उम्मेदवारी बनाउने विषयलाई चासो नदिएका”अर्की महिला अधिकारकर्मी शारदा वान्तवाको आरोप छ ।