असई भट्टराईको सर्लाहीमा राज,प्रदेशको प्रशासन शाखाका सई कोईरालाको साथ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२६ गते   १३४५ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा असइको दादागिरी बढेको छ । झट्ट सुुन्दा विश्वास नलाग्ने तर वास्तवीक असईको दादागिरी  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा प्रमुख प्रहरी निरिक्षक रहेपनि असई ठाकुर ट्टराईले आफ्नो अड्डा जमाएका छन् । पहिला रामेछाप घरभएका असई भट्टराईको अहिले सर्लाहीको लालबन्दी नगरपालिका ५ मा घर रहेपनि बसाई सराई विभागमा पेश नगरेका कारण उनि पटक पटक सर्लाही नै बस्दै आएका छन् ।भने जिल्लामा एउटाको कुरा अर्कालाई लगाउने र प्रमुखको कपडा धुनेतथा जुक्तामा पालिस समेत लागउने कार्यमा समेत संग्लग्न भएका असई भट्टराईको दरबन्दी नेपाल प्रहरीमा रहेपनि ट्राफिक प्रहरीमा बसी घर पाएकमा बसेर  सबै प्रकारका हर्कत गर्ने उनको नयाँ काम होईन ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखामा रहेका सई सुरेन्द्र कोईरालालाई समेत प्रभावमा पारी असई भट्टराई पटक पटक घर वपायक बस्दै आएका भए पनि त्यस विषयमा कसैको पनि ध्यान पुगेको छैन । उनले जिल्ला ट्राफिक  प्रहरी कार्यालय सर्लाहीमा बसेर सर्लाहीको नयाँरोड स्थित काँटा र बागमती स्थित कर्मैयामा आफ्ना मान्छे खटाउने र कमिसन समेत असुल्ने गरेका छन् । कार्यालय प्रमुखको भित्री बस्त्र समेत धुने उनलेकार्यालय प्रमुखको नाममा समेत कमिसन असुल्ने गरेका ट्राफिक प्रहरीहरुको नै भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा हालीमुहाली गरि रहेका असई भट्टाईले यस अघिपनि गजुरमुखी निर्माण सेवा प्रालीबाट मासिक रु ५ हजार असुल्ने गरेका थिए भने जिल्लाका अटो रिक्सा,मयुरी,म्याजिक तथा ट्याक्टर र टिपरहरुसंग समेत कमिसन असुल्ने गरेका पाइएको छ । उनले यस अघि गजुरमुखी निर्माण सेवा प्रालीका कर्मचारी सुमन पौडेल मार्फत मासिक ५ हजार बुझ्ने गरेको पौडेलले नै बताएका थिए ।
बोल्दा रुन्चे स्वारमा बोल्ने असई भट्टराईले जिल्लाका यातायात व्यावसायीहरु लगायतसंग महीनावारी असुल्ने गरेका छन् । उनले जिल्लाका अटो व्यावसायीहरुबाट मासिक ४ हजार, मयुरी व्यावसायीहरुबाट मासिक ३ हजार ५ सय र म्याजिक तथा माइक्रोहरुबाट मासिक  १० हजार असुल्ने गरेका एक यातायात व्यावसायीले बताए ।
सर्लाही नै घर भइ विगत करिब ६ वर्षदेखि जिल्लामै रहँदै आएका असइ भट्टराइले ट्याक्टर लगायत मालवाहक सवारी साधनहरुबाट समेत महिनाबारी असुल्ने गरेका यातायात व्यावसायीहरुले नै बताएका छन् । असई भट्टराईले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा,मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा,बिल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बहनामा माहिनावारी असुल्ने गरेका एक ट्राफिक प्रहरी अधिकारीले बताए ।
यस अघिका प्रहरी निरिक्षक सुर्यनारायण यादवका विश्वास पात्रको रुपमा रहेका असई भट्टराई अहिले पनि प्रहरी निरिक्षक इश्वर कार्कीको विश्वास पात्रको रुपमा रहेर बसेका छन् । तर उनले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने प्रहरी निरिक्षक कार्कीले बताए । विचमा प्रहरी निरिक्षक कोदारमान दोङ्ग आएपछि सर्लाही छाडेका असई भट्टराई अहिले फेरी सर्लाहीमा आएर खुरापाती गरी बसी रहेका छन् । दुई जना बरिष्ठ सईलाई जिल्लाका पोष्टहरुमा खटाएर आफु दोस्रो व्यक्तिको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा बसेका असई भट्टराईको विषयमा स्थानिय यातायात व्यावसायीहरुले पटक पटक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशलाई जानकारी गराएका भएपनि व्याजी तथा चिनजान र प्रभावमापारीसर्लाही मै बस्दै आएका छन् । 
आफु दरबन्दी जानुपरे जागीर छाड्ने सम्मको धम्की लगाउँदै सर्लाहीमा राज गरि रहेका असई भट्टराईलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखाका प्रमुख सई कोईरालाको समेत हात रहेको प्रष्ट छ । सई कोईराला धादिङ बस्दा बालुवाबाट कमिसन खाएको बाहनामा कार्बाहीमा परि सई नै रहेका छन् । उनका व्याजीहरु बरिष्ठ सई भई सक्दा समेत कोईराला कार्बाहीमा परेका कारण सई मै रहेका हुन ।
जताततैबाट महिनावारी असुल्न पल्केका असइ भट्टराइलाई तीनै सई कोईरालाले साथ दिएका पाइएको छ । जसका कारण असई भट्टराई जहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यलय प्रमुखको विश्वास पात्रको रुपमा रहेर जिल्लामा आफुलाई कमिसन बढी हुने स्थानमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने स्थानमा पठाउने काममा सकेत अब्बल देखिएका एक ट्रापिक प्रहरी अधिकारीले बताए । 
असई भट्टराईले आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख भए झैँ गरि जिल्ला भित्रका सबै युनिटहरुको सरुवा गर्ने काम देखि कमिसन असुल्ने सम्मको काम गरेको प्रहरी अधिकारीले नै बताएका छन् । सो विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयालाइ जानकारी  नभएको पनि होइन तर उनलाइ अन्यन्त्र पठाउने विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैया मौन देखिदा असई भट्टराईले असुलेको कमिसन त्यहाँ पनि पुग्ने गरेको छ । असई भट्टराईले सहायक हबल्दार हिरालाल दास,असई श्रीराम खतिवडा र सई कमल नेपालीलाई समेत आश्रय दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech