Close This

सुनचाँदी व्यावसायिलाई अपहरणकाे प्रयास गर्ने पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२४ गते   २२९ पटक हेरिएको

सर्लाहीकाे लालबन्दी नगरपालिका १ स्थित एक सुनचाँदी पसलका सञ्चालकलाई अपहरणकाे प्रयास गर्ने एकजना पक्राउ  परेका छन् ।
लालबन्दी नगरपालिका १ स्थित पूर्व–पश्चिम लाेकमार्ग अन्तर्गत  नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास गर्ने एकजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका १, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपहरणको प्रयास  गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे हो । साँझ करिब ६ बजे कार चढेर आएका केही व्यक्तिले उनलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले एक जनालाई नियन्त्रणमा र प्रहरीलाई जानकारी गराएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए ।
अपहरणकाे प्रयास गर्ने व्यक्तिलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा लगेर अनुसनअघि बढाईएकाे भए पनि प्रहरीले उनकाे नाम सार्वजनिक गरेकाे छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech