Close This

अस्पतालको शुल्क तिर्न नसक्दा बन्धक बनेकी पासवानको उद्धार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२६ गते   ४६१ पटक हेरिएको

अस्पतालको शुल्क तिर्न नसक्दा बन्धक बनेकी पासवानलाई आर्थिक सहयोग गरी उद्धार गर्दै गर्दाको अवस्था

सर्लाहीकोे लालबन्दी नगरपालिका–५ बस्ने कुसुम पासवना ४ दिन सम्म अस्पतालमा बन्धक भएकी थिइन । जनकपुरको चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा प्रसुती शुल्क बुझाउन नसक्दा डिस्चार्ज भएर पनि ४ दिन देखि घर जान नपाएकी सुत्केरी र नवजात शिशुलाई उद्धार गरिएको छ ।


पासवनाको अप्रेशन गरी छोराको जन्म भएको र अस्पतालाई बुझाउनु पर्ने ३५ हजार शुल्क अभावमा उनि ४ दिन देखि अस्प्तालमै बन्धक भएको खबर पाएपछि सर्लाहीबाट प्रदेश सभा सदस्य बेची लंगेली सहितको टोलीले उनको उद्धार गरेको छ ।  भदौ १६ गते अस्पताल भर्ना भएकी कुसुम २२ गते डिस्चार्ज भएकी थिइन । तर, अस्पतालको शुल्क बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई नर्मल वार्डमा राखेर घर जानबाट रोकेको थियो ।
 सुत्केरी महिलाका श्रीमान रबिन्द्र पासवानले आफन्त र गाउमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजेपनि व्यवस्थान गर्न नसके पछि प्रदेश सभा सदस्य लंगेली सहितको टोलीले शुक्रबार अस्पतालमा बुझाउनु पर्ने रकम बुझाएर सुत्केरी पासवान र नवजात शिशुको उद्धार गरेका हुन ।
शुक्रबार ३३ हजार नगद संकलन गरी अस्पताल र औषधीको पैसा भुक्तानि गरेर महिलाको उद्धार गरेको प्रदेश सांसद लुंगेलीले बताउनु भयो ।  गरीविका कारण अस्पतालमा बन्धक बनेको भन्दै लालबन्दीका युवा, महिला र अधिकारकर्मीको प्रयासमा अस्पतालको शुल्क बुझाएर आमा र शिशुको स्यहारकालागि समेत आर्थिक सहयोग गरेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।
चन्दा संकलन गरेर अस्पतालको शुल्क बुझाउन पुगेर पासवानको पारीवारीक अवस्था जानकारी गराउँदा अस्पतालले ३५ हजार शुल्क मध्ये १५ हजार छुट गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech