सरुवा भएर जाँदा बेड,बिस्तरा बोक्ने बाध्यता यसै वर्ष अन्त्य गर्छु ः आईजीपी अर्याल

1k Shares

सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालले सरुवा हुँदा बेड,बिस्तारा बोकेर जानुपर्ने बाध्यता अन्त्य गर्ने बताएका छन् ।उनले सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा सरुवा हुँदा बेड,बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका हुन ।
,‘सरुवा भएर जाँदा बेड,विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’ आईजीपी अर्यालले बताए ।उनले कार्यक्रममा बोल्दै आचरणमा आएको विचरणलाई सुधार्न पनि निर्देशन दिए । 
व्यावसायिकता,इमान्दारिता,बफादारिता र आचरण सुधारलाई मूलमन्त्र बनाएर काम गर्न उनले सबै शसस्त्र प्रहरी कर्माचारीहरुलाई निर्देशन समेत दिए ।
हिमाली क्षेत्रका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई मौसम अनुसारको लत्ताकपडाको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएको आईजीपी अर्यालले बताए । कमाण्डमा जाने अधिकृतहरुको पूर्वानूमान सूची प्रकाशन गरेर सरुवा गर्ने नीति लागू गरिएको आईजीपी अर्यालको दाबी छ ।

सम्बन्धित समाचार