सर्लाहीमा स्कुल बसको ठक्करबाट एकको मृत्यु,दुई जना घाईते

1.4k Shares

सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित नवलपुर मलंगवा सडक खण्डमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ  भने दुई जना घाइते भएका छन् । स्कुल बसको ठक्करबाट जिल्लाको कविलासी नगरपालिका ९ का १८ वर्षीय दीपेन्द्र महतोको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार कविलासी नगरपालिका १० की १७ वर्षीया सबनम् गुप्ता र १७ वर्षीया पूजाकुमारी महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिबार बिहान करिब ९ः४५ बजे नवलपुर मलंगवा सडकखण्ड अन्र्तगत मलंगवा नगरपालिका ४ बाट गमहरियातर्फ आउँदै गरेको ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय मा.विको स्कुल बसले भारतीय नम्बर प्लेटको विआर ०६ पिबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने स्कुल बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार