लालबन्दी र हरिपुरका करिब तीन सय जना विद्यार्थीहरुलाई ब्याग वितरण

1.3k Shares

सर्लाहीको लालबन्दी र हरिपुरका गरी करिब तीन सय विद्यार्थीहरुलाई लायन्स क्लबले स्कुल ब्याग वितरण गरेको छ । लान्यस क्बल लालबन्दी,लालबन्दी सिटी क्लब,लालबन्दी सेन्चुरी र लायन्स क्लब बयलवासको संयुक्त आयोजनामा लालबन्दी र हरिपुरका करिब तीन सय विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।
लालबन्दी नगरपालिका ४ मा रहेको शिशुकल्याण जनता मावी हरिभवन,लालबन्दी नगरपालिका ५ मा रहेको अम्बर ज्यान आधारभूत विद्यालय मेजरगन्ज र हरिपुर नगरपालिका ७ मा रहेको श्रवण जनता आधारभूत विद्यालय पचगछियाका गरी कुल करिब तीन सयजना विद्यार्थीहरलाई स्कुल ब्याग वितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका ४ को शिशु कल्याण जनता मा.वि.का बालबालिकालाई चप्पल किन्न रु पाँच हजार नगद समेत प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिका ५ को  अम्बर ज्यान आधारभुत विद्यालयका करिब सय जना,हरिपुर नगरपालिका ७ को श्रबण जनता आधारभुत विद्यालयका करिब सय जनालाई स्कुल ब्याग र  लालबन्दी नगरपालिका ४ शिशु कल्याण जनता मा.बि हरिभबनका सय जनालाई स्कुल ब्याग र अतिविपन्न बालबालिकालाई चप्पल किन्न रु पाँच हजार प्रदान गरिएको आयोजकले जनाएको छ । लान्यस क्बल लालबन्दी,लालबन्दी सिटी क्लब र लालबन्दी सेन्चुरीले विभिन्न समयमा जिल्लाका हरेक स्थानमा सामाजिक काम गर्दै आएको छ ।
 

सम्बन्धित समाचार