Close This

सर्लाहीमा मिटरब्याज पीडितहरुको आन्दोलन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-७ गते   १९९ पटक हेरिएको

शंखर पहाडी(गौरब)


सर्लाहीका मिटरब्याज पीडित किसान तथा मजदुरहरु आन्दोलीत भएका छन् । मिटर ब्याज पीडित किसान तथा मजदुर संर्घष समिति सर्लाहीले पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको सुरुवात गरेको हो । 
सर्लाहीका मिटरब्याज पीडित किसान तथा मजदुरहरु आन्दोलीत भएका छन् । मिटर ब्याज पीडित किसान तथा मजदुर संर्घष समिति सर्लाहीले पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको सुरु गरेको हो । करिब ४ वर्ष पहिला सर्लाहीबाट संघर्ष समिति गठन गरेर आन्दोलन गरेको र काठमाण्डौँमा समेत आन्दोलन गर्दापनि निस्कर्ष ननिस्केको र तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरु विरुद्ध ठगी मुद्धा चलाउने भनेपछि केही मानिस नियन्त्रणमा परेका लामो समयदेखि मिटर व्याजीहरु पीडितको पक्षमा लागेका हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए । उनले तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजी विरुद्ध लाग्ने बताए पनि कुनै ऐन,कानून बनाउने तर्फ नलागेका आरोप लगाए ।
मिटर ब्याज पीडित किसान तथा मजदुर संर्घष समिति सर्लाहीले पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको सुरु गरेको छ । मिटरब्याजीहरुलाई कार्वाहीको माग गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरबाट सुरु भएको संर्घष समितिको आन्दोलन सरकारले आफुहरुको माग पुरान गर्दा सम्म जारी रहने आन्दोलनरत मिटर ब्याज पीडित किसान तथा मजदुर संर्घष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणिचौधरीले बताईन् ।
साहु महाजनले लिएको ऋणको दोब्बर तेब्बरको कागज गराउने,घरजग्गा तमसुक गराउने र लिएको ऋणको साँवा व्याज तिरि सक्दा पनि ऋण लिएको समयमा गरिएको बागजात नच्यात्ने र चेक तथा घरजग्गाको तमसुक समेत फिर्ता नगरेका कारण आफुहरु आन्दोलीत हुनु परेको अध्यक्ष चौधरीले बताईन् ।
संघर्ष समितिले जनाएको छ ।
मिटरब्याजका कारण किसानहरु मारमा परेको र जिल्लाका खेती किसानी गरेर जीविका चलाउनेहरुको गाँसवास खोसिएका कारण आफुहरु आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडित किसान तथा मजदुर संर्घष समिति सर्लाहीका उपा अध्यक्ष रविन्द्र कुशबाहले बताए । उनले सरकारले आफुहरुको माग पुरा नहुँदा सम्म आन्दोलन जारी रहने बताए ।
सोझा सादा नागरिकलाई अनावश्यक कागज गराई साहु महाजनले आफूहरुको घर खेत नै खाई सकेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बरहथवा नगरपालिका १ का मिटर व्याजी पीडित निरगुन राय यादवले बताए ।
विगत करिब ४ वर्ष भई सक्दापनि सरकारले मिटर व्याजी पीडितहरुको आवाज नसुनेको हरिवन नगरपालिका २ का मिटर व्याजी पीडित राम पुकार महतोले बताए ।उनले आफुहरुले काठमाण्डौँमा समेत पुगेर मिटर व्याजीहरुका विरुद्ध संघ सरकारलाई जानकारी गराएको भएपनि सरकारले मिटर व्याजीहरुका विषयमा कानुन,ऐन नबनाएका कारण आफुहरु आन्दोलनमा होमिएको बताए । 
मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजीहरुलाई कार्वाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको, बरु मिटरब्याजीहरु शानका साथ हिडिरहँदा पनि सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेको भन्दै आफूहरुले धर्ना लगायतका कार्यक्रम गरेको मिटर व्याजी पीडित सुनैना देवी ठाकुरले बताईन् ।
यता, तत्कालीन सरकारले मिटरव्याजीहरुका कारण धेरैको विचल्ली हुने अवस्था आएको भन्दै उनीहरुलाई कार्वाही गर्न कार्यदल नै गठन गरेको थियो ।त्यसपछि नेपाल सरकार गृह मन्त्रालयले साउन २८ गते शनिवार एक सूचना जारी गर्दै भदौ ५ गते सम्म मिटरब्याजी विरुद्ध उजुरी दिन पीडितलाई अनुरोध समेत गरेको थियो । जस अनुसार सर्लाहीमा करिब आठ सय जना पीडितहरुले मिटरव्याजी साहु महाजनलाई कार्वाहीका लागि उजुरी दिएका थिए । भने अहिले पनि उजुरी दिनेक्रम जारीरहेको संघर्ष समितिले जनाएको छ । तर त्यो उजुरी उपर अहिले सम्म कुनै किसिमको कार्वाही नभएको संघर्ष समितिले बताएको छ ।
सर्लाहीमा श्यामकुष्ण साह(श्याम परदेशी),रामबाबु राय,संजय रौनियार,रामस्वरुप राय लगायतका मिटरव्याजीहरुका कारण सर्लाहीका करिब १ हजार जना साझा सादा मानिसहरु मिटर व्याजी पीडित भएका छन् । दृष्टिबन्धक खारेज गर,राजिनामा पास फिर्ता गर,जाली तमसुक मान्दैनौं जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मिटर व्याजी पीडतहरु आन्दोलनमा होमिएका छन् ।‘मिटरब्याजीहरु विरुद्ध अदालतमा करिब आठ सय वटा मुद्धा दर्ता भएका छन् । तर पनि उनीहरुलाई कार्वाही भएको छैन । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech