रमेश अधिकारी(रितिक)
गत भदौ २९ गते भन्सार छलीको ठूलो परिमाणमा चिनीसहित पक्राउ परेर छुटेका दुई वटा ट्रक करिब तीन महिना पछि पुनः भन्सार कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ । सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चीम राजमार्गमा भन्सार छलीको नौ सय ८० बोरा चिनी सहित भदौ २९ गते पक्राउ परेका दुईवटा ट्रक कार्तिक ७ गते छुटेका थिए ।
भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिए दुवै ट्रकलाई छाडिएको र त्यो नीयमसंगत रहेको दाबी गरेको भन्सार कार्यालय सर्लाहीले भन्सार विभागको पत्र पछि ट्रक छुटेको करिब तीन महिना पछि पुनः भन्सार कार्यालय झिकाएको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले गत भदौ २९ गते हरिवन नगरपालिका ९ स्थित नयाँ रोडबाट दुई वटा ट्रक र नौ सय ८० बोरा भन्सार छलीको चिनी नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको भएपनि भन्सार कार्यालय सर्लाहीका भन्सार अधिकृत दिपेन्द्र झा र अनुसन्धान अधिकृत नरेश साहले भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिए दुवै ट्रकलाई छाडिएको र त्यो नीयमसंगत रहेको दाबी गरेको थिए । तर भन्सार विभागले छाडिएका ट्रक झिकाई आवश्यक कार्बाही गर्न भन्दै भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई १२ घण्टे स्पष्टिकरण पनि सोधेको थियो ।
त्यस लगतै भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहले आफुलाई अप्ठ्यारो पर्ने भएपछि छाडिएका ट्रकलाई भन्सार कार्यालय बोलाएका भन्सार कार्यालय स्रोतको दाबी छ ।
भदौ २९ गते नियन्त्रणमा लिईएका दुई वटा ट्रक र त्यसको करिब एक हप्ता पछि असोज ७ गते नियन्त्रणमा लिएको एउटा ट्रक सहित तीन वटा ट्रकलाई भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहले भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिए दाबी गरेपनि विभागलाई गोप्य स्रोतले सो विषयमा जानकारी गराएपछि विभागले जवाफ सहित ट्रक फिर्ता ल्याउन पत्राचार गरेको भन्सारस्रोतको दाबी छ ।
भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिएको भनिएका ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका ट्रक नियन्त्रणमा नलिने र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रक मात्र फिर्ता लिने प्रयास गरेपछि विभागले पुन स्पष्टिकरण सोधेपछि तीनवटै ट्रक फिर्ता ल्याउने भनेपनि भन्सारले सोमबार ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका ट्रक मात्र फिर्ता लिएको हो । भने मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रक फिर्ता हुन बाँकी रहेको छ ।
के कति थियो ट्रकमा चिनी ?
ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकको दुई करोड ६० लाख र नौ सय ८० बोरा चिनीको अन्दाजी मूल्य ६८ लाख ६० हजार गरि दुई करोड २८ लाख ६० हजार र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र चार सय ८० बोरा चिनीको करिब १४ लाख ४० हजार मुल्याङ्कन गरि तीनवटा ट्रकको एक करोड ९० लाख र एक हजार चार सय ६० बोरा चिनीको अन्दाजी ८३ लाख गरि कुल दुई करोड ७३ लाख मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो । भदौ २९ र असोज ७ गते भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएका तीनवटा ट्रक कार्तिक १७ गते छाडिएपछि जिल्ला भन्सार कार्यालय सर्लाहीको नियतमा खोट देखिएको छ ।
भन्सार विभागको ताकेता
पहिला आर्थिक चलखेलमा परेर खुसुस्क ट्रक छाडेका भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई विभागले स्पष्टिकरण माग गरी छाडिएका ट्रकहरु फिर्ता लिन ताकेता गरेपछि उनिहरुको निद हराम भएको छ ।
प्रक्रिया पुरा नगरी आर्थिक चलखेलबाट छाडिएका तीन वटै ट्रकको विषयमा भन्सार विभागका महा प्रवन्धक चक्र बहादुर बुढालाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई पटक पटक स्पष्टिकरण सोधेको छ भने छाडिएका तीनवटै ट्रक फिर्ता लिन निर्देशन दिएको छ । तर भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साह ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रक मात्रै फिर्ता गरेका छन् । भने मधेश प्रदेश ०३–००१ ख ७५८८ ट्रक भन्सार कार्यालय सर्लाहीमाफिर्ता भएको छैन् ।
भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार आफुहरुले ट्रक छाडेको र त्यो नीयमसंगत रहेको दाबी गरेका भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई सोही ऐन अनुसार फेरी ट्रक फिर्ता लिनु पर्दा निकै सकस भएको छ । पहिला आर्थिक प्रलोभनमा परेर भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार भन्दै अवैधानिक रुपमा छाडिएका ट्रकले भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहको अहिले निदहराम भएको हो ।
यता ट्रकका मालिकहरुले आफ्नो ट्रक पहिला कसरी छुटेको छ । भन्ने सबै प्रमाणहरु आफुसंग रहेको र फेरी आफ्नो ट्रक भन्सार बुझाउनु परेमा तत्कालीन सुरक्षाकर्मीहरुका साथै भन्सार अधिकृत झा,अनुसन्धान अधिकृत साह सहितको पर्दाफाँस गर्ने कमलामाई मिडिया प्रा.लिलाई बताएका छन् ।
ति तीन वटै ट्रकलाई आर्थिक चलखेलमा परेर नछाड्ने अडान लिएका तत्कालीन भन्सार अधिकृत मुरारी प्रसाद काफ्लेको तीनै ट्रक र चिनी काण्डलाई बाहना बनाउँदै विभागले समयावधि नै नपुगि सरुवा गरेको थियो । भने भन्सार अधिकृत झालाई रातारात सर्लाही पठाएको थियो ।
के गर्दै छन् भन्सार अधिकृत झा
भन्सार अधिकृत झाका अनुसार जिल्ला भन्सार कार्यालय सर्लाहीका अनुसन्धान अधिकृत साहले भन्सार विभागको कुन कार्यविधि,नियमावली र ऐन अनुसार ट्रक छाडे भन्ने सोध्न आग्रह गरे । आफुलाई रणभुल्लमा पारेर अनुसन्धान अधिकृत साहले भन्सार कार्यालयको बदनाम गराएको आरोप लगाउँदै पन्छिने बाहना बनाएका भन्सार अधिकृत झा अहिले आफ्नो जागिर धरापमा परेपछि विभिन्न राजनीतिक दलका नेताहरुकोमा गुहार माग्न पुगेका छन् । उनले केही नेताहरुलाई प्रलोभनमा पारेर जसरी पनि आफ्नो समस्या समाधान गर्ने योजना बनाएका भन्सार स्रोतको दाबी छ । तर कार्यालय प्रमुख झा र अनुसन्धान अधिकृत साहको मिलेमतो विन कुनै कार्य सम्भव हुँदैन् । भने अहिले ती ट्रक र चिनीको विषयमा विभागबाट आएको ताकेता नलेखिदिन भन्दै भन्सार अधिकृत झा,अनुसन्धान अधिकृत साहले कमलामाई मिडिया प्रा.लिलाई विभिन्न राजनितिक दलका नेता तथा अन्य मानिसहरुबाट दैनिक दवाव दिन थालेका छन् । आफ्नो जागीर धरापमा परेको भन्दै उनिहरुले विभिन्न राजनितिक दलका नेता तथा स्थानीय भद्र भलाद्मीहरुबाट कमलामाई मिडिया प्रा.लिलाई दवाव सृजना गरेर आफुहरु उन्मुक्ती पाउन प्रयास गरि रहेका छन् ।