दुर्गा कुमारी अधिकारी
सर्लाहीका विभिन्न स्थानहरुबाट प्रहरीले करिब रु २४ लाख ६९ हजार ७३ बराबरको भन्सार छलीका सामान सहित आठ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएको प्रहरीको टोलीले करिब रु २४ लाख ६९ हजार ७३ बराबरको भन्सार छलीका सामान सहित आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारीदिए ।
जिल्लाका विभिन्न स्थानबाट चोरी निकासी÷पैठारी गरी सामान ओसार पसार गर्ने आठ वटा मोटरसाईकल,सात वटा साईकल र एउटा अटो टेम्पु र सामान गरी करिब रु २४ लाख ६९ हजार ७३ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनहरु र सामान सहित आठै जनालाई आवश्यक कार्वाहीका लागी जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।