शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित मरिणचोकमा हरेक दिन बिहान ७ बजे आफ्नो ठेला लिएर रमिला साह आई पुग्छिन् । लालबन्दी नगरपालिका ८ निवासी करिब ३९ वर्षिय साहले ठेलामा दिनभरी चटपटे र पानी पुरी बेच्छीन् ।
प्राय जसो हरेक दिन मरिणचोकमा ठेला लिएर बस्न पुग्ने रमिला आफ्नो सामान्य तयारी पछि ग्रहकहरुलाई चटपटे र पानी पुरी पस्किन सुरुगर्छिन् । अति नै मिजासिलो र हँसिलो मुद्रामा देखिने रमिलाको ठेलामा दिन ढल्कीदै जाँदा ग्राहकको भिड बढ्दै जान्छ र उनी एक्लै पसलमा रहेपनि ग्राहकहरुलाई सम्हाली रहन्छीन ।
बजारमा उनी हरेक दिन बिहानै देखि आफ्नो काममा व्यस्त हुन्छिन । हरेक दिन आफ्नो व्यावसायको लागि आवश्यक पर्ने आलु,प्याज,हरियो धँनियाँ,हरियो खुर्सानी,मटरदाना लगायतका सामानहरु खरिद गर्छिन् ।
दुई छोरा र एक छोरी सहित आफ्ना श्रीमान विजुली साह त्यही ठेलाको चटपटे र पानीपुरीबाट हुने व्यापारबाट बाँची रहेकी छन् । छोरी अमृत साह अहिले कक्षा १२ मा अध्यायनरत छिन्भने जेठा छोरा अमित साहलाई रमिलाले ठेलामा भएको कमाईबाट बिएडमा पढाउँदै छिन् । यता,कान्छा छोरा अभिषेक साह अहिले माध्यमिक शिक्षा परिक्षा९एस।इ।इ०को तयारी गरि रहेका छन् ।
ठेलाको व्यापारबाट आफ्ना तीन सन्तानलाई संस्थागत विद्यालयबाट एस।इ।इ गराउने,परिवारको दैनिकी चलाउनुका साथै लालबन्दी नगरपालिका ८ मा अढाई तलको घर समेत बनाउनु रमिलाको लागि त्यति सहज थिएन् ।
कोरोना महामारी पहिला ठेलामा चटपटे र पानी पुरी गरी दैनिक रु छ हजारको व्यापार गर्ने आफ्नो कोरोना महामारी पछि व्यापार केही घटेको भएपनि अहिले पनि दैनिक रु चार हजारको व्यापार हुने गरेको रमिलाले सुनाईन् । उनले “कोरोना महामारी भन्दा पहिला दैनिक रु छ हजारको व्यापारहुने गरेको रत्यतिबेला प्रासना बचत तथा ऋण सहकारी संस्था,पौरखी बचत तथा ऋण सहकारी संस्था,सामना बचत तथा ऋण सहकारी संस्था र ग्रामिण बचत तथा ऋण सहकारी संस्थामा गरि दैनिक रु दुई हजार बचत पनि गर्ने गरेको”बताईन् । तर कोरोना महामारी पछि व्यापार व्यावसाय लामो समय बन्द हुँदा अहिले रमिला ऋणमा परेकी छन् ।
२०६४ सालदेखि ठेलामा चटपटे र पानीपुरी बेचेर लालबन्दीमा अढाई तलाको घर,तीन सन्तानलाई संस्थागत विद्यालयबाट एस।इ।इ।गराएकी रमिलाको व्यापार घट्न थालेपछि पारिवारिक सहयोग नपाएको गुनासो छ । चटपटे र पानी पुरीको व्यापार राम्रो हुँदा आफ्ना छोराछोरी र श्रीमानले पनि सहयोग गर्ने गरेका भएपनि कोरोना महामारी पछि व्यापार व्यावसाय चौपट भएपछि ऋण गरेर भएपनि व्यावहार चलाउनु पर्दा र आफ्ना श्रीमान तथा छोराछोरीहरुको सहयोग नपाउँदा आफुलाई कहिले काँही विरक्त लाग्ने गरेको रमिलाले गुनासो पोखिन ।
पुर्व पश्चीम राजमार्ग अन्र्तगत लालबन्दी बजारमा दिनभर ठेलामा हांसी खुसी दिनभर व्यापार गरे पनि बेलुका घरमा जाँदा ऋणले तनाव दिने गरेको रमिलाको भनाई छ । “आफ्नो राम्रो व्यापार हुँदा ऋण गर्नु परेको थिएन् । श्रीमानको कमाई छैन्,छोरा छोरी पढ्दैछन् । उनिहरुको के कमाई हुनु म एउटाको चटपटे र पानीपुरी बेचेको पैसाले छोराछेरीको स्कुलको फि,किताब कापीका साथै दैनिक घरमा लाग्ने खर्च गरी मासिक करिब रु ७० हजार खर्च हुने गरेको छ ।” रमिलाले सुनाएन् ।
करिब १६ वर्षदेखि चटपटे र पानीपुरी बेचेर आफ्नो र परिवारको जीविका चलाएकी रमिलाको लालबन्दी नगरपालिकाले आफुलाई समस्यामा पारेको गुनासो छ । पहिला सडकको पेटीमा बसेर दिनभर व्यापार गर्ने गरेको थिएँ ।अहिले नगरपालिकाले ७५ फिट सडक खाली गराउने बाहनामा आफुहरु जस्ता दिनभर ठेलामा व्यापार गरेर बेलुका घरखर्च जुटाउने साना ठेला व्यापारीहरुलाई निकै मार परेको रमिलाको भनाई छ ।
पहिला देखिनै सडक पेटीमा ठेलामा व्यापार गर्दै आएको आफु जस्ता धेरै साना व्यापारीको पेटमा नगरपालिकाले लात मारेको रमिलाको गुनासो छ । नगरपालिकाले हुने खानेलाई केही गर्न नसकेर आफुजस्ता ठेला व्यापारीहरुलाई ७५ फिट खाली गराउने बाहनामा सडक पेटीबाट लखेट्यो रमिलाले बताईन् ।