आँपमा मधुवा रोग लागे पछि जिल्लाका किसानहरु चिन्तित

948 Shares

शंखर पहाडी(गौरब) 
जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायीक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसानहरु चिन्तित भएका छन् । किसानहरुले व्यावसायीक रुपमा गरेको आँपका रुपखहरुमा ढुसी लाग्न थालेपछि जिल्लाका किसानहरु चिन्तित बनेका हुन ।
आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खसी लागेको भएपनि आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी लागेपछि चिन्ता बढेको हरिवन नगरपालिका २ का किसान रामपुकार महतोले बताए ।
उनका अनुसार मधुवा किराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या चिन्तिा बढेको हो ।‘पहाडमा लालीगुँराश फुलेझै आँपमा ढकमक्क मजुराफुल फुलेको देख्दा मन रमाएको थियो,’तर ‘मजुराफुलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ।’महताले बताए ।
हरिवन नगरपालिका ३ डाबरीका आँप किसान विनय आलेले आफ्नो दश कठ्ठा क्षेत्रफलमा लगाएको आँपका बोटमा मधुवा किराको प्रकोप देखिएको बताए । उनले ‘आँपका मजुराफुलमा  मधुवाका कारण फूल झरेर दाना नलागेपछि यस वर्ष आर्थिक समस्यामा पर्ने हो कि चिन्ताले पिरोलिरहेको’बताए ।
ईश्वरपुर नगरपालिका ७ का रामखेवन महतोको आँप बगैचामा रहेका आँपका मजुराफुलमा मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम साताबाट आँपका मजुराफुलमा मधुवा किराको प्रकोप देखिएको र चैत लागेपछि मजुराफुलमा ढुसी देखिन थालेको छ । महतोले बताए ।
लालबन्दी नगरपालिका १ स्थित रहेको उष्ण प्रदेशीय बागवानी केन्द्रको अधिनमा रहेको एक सय २० विगाह क्षेत्रफलमा रहेका करिब छ हजार आँपका रूख सुरक्षित र स्वस्थ रहेका केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार ‘रोग,किरा र ढुसी लाग्न नदिन सुरुमै मधुवा किराको  प्रकोप नियन्त्रणको उपाय अपनाइएका कारण केन्द्रका आँपका रुखहरु सुरक्षित रहेका हुन ।
मजुराफुल फुल्नुअघि आँपको रुखको जरा वरिपरि खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।“जिल्लाका प्राय अधिकांश किसानहरुले प्राविधिक ज्ञान विनानै विषादीको प्रयोग गर्छन्,जुन पसलबाट विषादी ल्याएको हो,त्यही पसलेको सल्लाहअनुसार प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने फूल डढ्ने जस्ता समस्या समेत देखिने गर्छ । ”ज्ञान केन्द्रका प्रमुख कुशवाहले बताए ।
मधुवा किराको प्रकोप देखा परेपछि विषादीबाहेक अर्को विकल्प नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।मधुवा प्रकोप पिडित किसानहरुले प्रकृया पु¥याई कार्यालयमा आएमा औषधी एवम प्राविधिक सहयोग गर्न ज्ञान केन्द्रले आग्रह गरेको छ ।
‘जिल्लाको बलरा,हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको करिब आठ हजार हेक्टरभन्दा वढी जग्गामा व्यावसायिक रूपमा आँपखेती हुने गरेको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको इश्वरपुर,लालबन्दी,हरिवन र बागमतीलगायत क्षेत्रमा मधुवा किराको प्रकोप देखिएको हो ।

सम्बन्धित समाचार