अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यू,मृतक शिशुका आफन्तहरु आन्दोलित

999 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको मलंगवामा रहेको प्रादेशीक अस्पतालको लापरवाहीले एक नवजात शिशूको मृत्यू भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । सुत्केरी व्यथा लागेर प्रादेशीक अस्पताल मलंगवामा भर्ना भएकी कविलासी नगरपालिका ९ सलेमपुर निवासी अस्मिता देवीले मंगलबार राति ७ बजे सामान्य अवस्थामा छोरा जन्माएकी थिइन । सामान्य अवस्थामा जन्मेको शिशुलाई राति करिब ९ बजे डाक्टरले मृतक घोषणा गरेपछि अस्पताल प्रशासनको चरम लापरबाहीले मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका हुन । 
श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि मलंगवार बिहान करिब १० बजे प्रादेशिक अस्पताल मलंगवामा भर्ना गरेको शत्रुधन रामले बताए ।  उनका अनुसार आफ्नी श्रीमतीलाई  राति ७ बजे सामान्य अवस्थामा छोरा जन्मेको तर राति करिब ९ बजे चिकित्सकले शिशुलाई मृतक घोषणा गरेपछि पीडित परिवार आन्दोलीत भएका हुन । बच्चा सामान्य अवस्थामा स्वस्थ जन्मेको उल्लेख गर्दै एक्कासी २ घण्टापछि डाक्टरले बच्चा मरेको खबर गरेपछि अस्पताल प्रशासनलाई जानकारी गराउँदा आफुलाई प्रशासनले हप्काएर पठाएको रामले गुनासो गरे ।
अस्पताल प्रशासनसँग न्यायका लागि माग गर्दा उल्टै हप्की र दप्की गर्दै अस्पतालबाट बाहिर निकाल्न खोजेको मृतक शिशुका बुबा रामले बताए । अस्पताल प्रशासनको लापरवाहीको शिकार अधिकांश गरिब तथा विपन्न परिवारका नागरिकहरु हुने गरेकाले घटनाको उचित छानविन तथा सार्वजनिक रुपमा वार्ता हुनुपर्ने स्थानीय संजय यादवले माग गरेका छन् । उनका अनुसार नवजात शिशूको मृत्युमा अस्पताल प्रशासनको चरम लापरवाही रहेको भन्दै आन्दोलित आफन्तहरुले घटनाको छानविन गरी दोषिमाथि कडा कारवाहीको माग गरेका छन । 
बच्चा जन्माउँदा प्रादेशीक अस्पताल जनकपुरमा रेफर गरे पनि आफन्तले बच्चा नलगेको मलंगवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले बताए ।  उनका अनुसार बच्चाको गर्दनमा नालले घेरिएको र निसास्सीएको उल्लेख गर्दै चार जना चिकित्सकहरुले रेखदेख गरेको थिए । सुत्केरी गराइने अस्पतालमा आपतकालिन अवस्थामा बच्चाहरुलाई राख्ने आइसियुसमेत संचालनमा छैन । 
आइसियु संचालन नहुदाँ विरामीहरु चर्को मूल्यमा निजि क्लिनिकहरुमा गएर उपचार गराउन बाध्य छन । करारमा नियुक्त गरिएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरीले सर्लाही मेडिकेयर प्रालि नामक निजि क्लिनिक संचालन गरेका छन् ।डा.चौधरीले अस्पताल भन्दा बढी आफनै निजि क्लिनिकमा समय बिताउने गरेका अस्पताल स्रोतथको भनाई छ ।
त्यस्तै बरहथवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको लापरवाहीका कारण एक ुित्केरी महिलाको ज्यान जोखिम परेको छ भने नवजात शिशुको मृत्यु भएको पीडित परिवार राम चन्द्र महत्तोले गुनासो गरे ।

सम्बन्धित समाचार