ईश्वरपुर नगरपालिकाको मिलेमतोमा बाँके खोलामा अवैध उत्खनन्,

921 Shares

शंखर पहाडी(गौरब) 
सर्लाही र महोतरीको सिमानामा रहेको बाँके खोलामा अवैध उत्खनन् सुरु भएको छ । बाँकै खोलामा अवैध रूपमा स्काइभेटरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि इश्वरपुर नगरपालिकाले वेखबर बनेको छ । सर्लाहीको इश्वरपुर नगरपालिका र महोतरीको गौशाला नगरपालिकाको सिमाना स्थित रहेको बाँके खोलामा आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र उत्खनन् गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको छ । 


अवैध उत्खनन्को सूचना पाएपछी अनुगमन गर्दा मापदण्ड विपरित खोलामा अबैध उत्खनन् भएको पाइएको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।उनका अनुसार एक वर्र्ष इश्वरपुर नगरपालिका र एक वर्ष गौशाला नगरपालिकाले खोला ठेक्का लगाउने आपसी सहमति भएको थियो ।सोही अनुसार यस वर्ष इश्वरपुर नगरपालिकाले ठेक्का लगाएको भएपनि अनुगमन नहुँदा मापदण्ड विपरित अवैध उत्खनन् भएको पाइएको गौसला नगरपालिकाका इन्जिनियर अजय कुमार यादवले बताए । उनका अनुसार विजय निर्माण सेवा बर्दिवास नगरपालिका १२ ले रु एक करोड छ लाखमा खोला ठेक्कामा लिएको छ ।


इश्वरपुर नगरपालिका अवैध उत्खनन् हँुदा पनि मौन बस्नुले इश्वरपुर नगरपालिकाको मिलेमतामो बाँके खोलामा अवैध उत्खनन् भएको गौशाला नगरपालिका १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले बताए । उनका अनुसार ठेक्का लगाउने इश्वरपुर नगरपालिका आर्थिक चलखेलमा परी मौन बसेको हो ।बर्सेनि अवैध रूपमा खोलाहरू उत्खनन्ले गर्दा स्थानीयहरू समस्यामा पर्न थालेका डिभिजन वन कार्यालय महोतरीको भनाई छ । अवैध तरिकाबाट हुने नदी दोहनले पानीको मुहान दिनप्रतिदिन भासिँदै गएका कारण कलहरुमा पानी नआउने तथा वर्खायाममा नदी गाउँबस्तीहरुमा पस्ने त्रासमा स्थानीयलाई पोल्न थालेको छ ।


सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । यसरी अवैध उत्खनन् गर्ने ठेकेदारहरुलाई कडा भन्दा कडा कारवाहीको लागि हदै सम्मको प्रयास गर्ने डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
अवैध रुपमा उत्खनन भई रहेको भन्ने सुचनाको आधारमा पुगेको अनुगमन टोलीले १० वटा स्काइभेटरमध्य दुई वटा स्काइभेटर नियन्त्रणमा लिन खोज्दा ठेकेदार पक्षका मानिसहरुले स्काइभेटर ल्याउन नदिएपछी नेपाल प्रहरी,सशस्त्र प्रहरी र नगर प्रहरी स्काइभेटर खोलामै छोडेर फर्किएका गौसला नगरपालिकाले जनाएको छ ।खोला ठेक्का लिने ठेकेदारहरुले खोलैमा ट्यापे मुन्द्रेहरु पाल्ने गरेका छन् । जसका कारण अनुगमन टोली निरिह बनेर फर्किने गरेको छ ।

सम्बन्धित समाचार