लालबन्दी १ का ६० जना महिलाहरुलाई साडी वितरण

1.8k Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको लालबन्दी नगरपालिका १ का ६० जना महिलाहरुलाई साडी वितरण गरिएको छ । नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगरपालिका १ नवलपुरकाे आयाेजनामा मातातिर्थ औँसीकाे साथै मिथिलाञ्चलमा मनाईने जुड सितलकाे अवसर पारेर ६० वर्ष उमेर कटेका र एकल महिलाहरु गरि ६० जनालाई साडी वितरण गरिएको नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महेन्द्र महताेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महताेका अनुसार  एकल महिला  ५ जना र ६० वर्ष उमेर कटेका ५५ जना गरि ६० जना महिलाहरुलाई साडी वितरण गरिएको हाे ।
नेपाल कुशवाह कल्याण समाज लालबन्दी १ का प्रदिप कुमार महताेकाे अध्यक्षता तथा नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महताेकाे प्रमुख आतिथ्यतामा माताथिर्त औँसी र मिथिलाञ्चलकाे  जुड सितल पर्वकाे अवसरमा  साडी वितरण गरिएको हाे ।

सम्बन्धित समाचार