शहिद कोईराला परिवारको आवाश हस्तान्तरण गर्न गृह मन्त्री श्रेष्ठ १६ गते सर्लाही आउने

925 Shares

शंखर पहाडी(गौरब) 
सर्लाही कै पहिलो शहिद परिवारको आवाश हस्तान्तरणका लागि नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री शनिबार सर्लाही आउने भएका छन् । सर्लाहीको बागमती नगरपालिका १२ का स्व.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा आवाश निर्माण भएको र सो भवन हस्तान्तरण गर्न नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) यहि १६ गते शनिबार सर्लाही आउने भएका हुन ।
२०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो । दुई छोरा र दुई छोरी रहेका स्व.कोईराला परिवारलाई बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले आवाश निर्माण गरि दिएको स्व.कोईराला आवाश निर्माण समितिका अध्यक्ष  मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए। उनका अनुसार आवाश निर्माणको काम सकिएको र स्व.कोईराला परिवारलाई यहि बैशाख १६ गते शनिबार नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले हस्तान्तरण गर्ने भएका हुन ।
बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको भए पनि विगत केही महिना पहिला भवन निर्माण सम्पन्न भएको थियो । समितिका अनुसार माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुको अथक प्रयास भएकोले  निर्माण सामाग्री एवम आर्थिक संकलन गरेर आवाश निर्माणको काम सम्पन्न  भएको हो ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माण भएको बागतमी नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए । शहिद परिवारको आवाश निर्माणको काम सकिएको र माओवादी केन्द्रका वरिष्ठ उपा अध्यक्ष एवम नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले यहि बैशाख १६ गते शनिबार एक कार्यक्रमका वीच भवन हस्तान्तरण गर्ने नगर प्रमुख थापाले बताए ।
बैशाख १६ गते शनिबार सर्लाही आउने उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार