अवैध उत्खन्न गर्ने जेसिवी र टिपर प्रहरीको नियन्त्रणमा,लखन्देही र कालीन्जोरमा खुलेआम अवैध उत्खन्न

863 Shares

शंखर पहाडी(गौरब)
सर्लाही बरहथवा नगरपालिका १ बागमती खोला स्थित रौतहट र सर्लाहीको सिमाना बागमती नदीमा अवैध उत्खन्न भएको भन्दै तीन वटा टिपर एउटा जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । 
बरहथवा नगरपालिका १ स्थित बागमती खोला स्थित रौतहट र सर्लाहीको सिमाना बागमती नदीमा सिमा छुट्टयाएको अस्थामा रौतहटतर्फबाट जे.सि.बि.तथा टिपरहरु आई सर्लाहीको क्षेत्रमा  उत्खन्न गरेको भन्दै प्रहरीले एउटा जेसिवी र ३ वटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका १ स्थित बागमती खोला स्थित रौतहट र सर्लाहीको सिमाना बागमती नदीमा सिमा छुट्टयाएको अस्थामा रौतहटतर्फबाट जे.सि.बि.तथा टिपरहरु आई सर्लाहीको क्षेत्रमा  उत्खन्न गरेको भन्दै बरहथवा नगरपाकिला १ का वडा अध्यक्ष,बरहथवा नगरपालिकाका नगर प्रहरी र प्रहरीको संयुक्त टोलीले एउटा जेसिवी र ३ वटा टिपर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनहरुलाई बरहथवा नगरपालिकालाई बुझाईएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । तर यता पुर्व पश्चीम राजमार्ग नजिकै लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमाना लखन्देही तथा लालबन्दीको कालीन्जोर खोलामा भएको अवैध उत्खन्नमा प्रहरी लगायत सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।कालीन्जोरमा भएको अवैध उत्खन्नबाट ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शान्ताराम कार्कीले र एक लाख कमिसन लिएका समेत पाइएको छ ।

सम्बन्धित समाचार