सरकारी मोटरसाइकल लिएर सव इन्जिनियर मण्डल किनमेल गर्न भारतिय बजारमा

979 Shares

शंखर पहाडी(गौरब)
सरकारी मोटरसाइकल लिएर सव इन्जिनियर किनमेल गर्न भारतिय बजार गएका पाइएको छ । सर्लाहीको हरिपुर्वा घर भई महोतरीको एकडारा गाउँपालिकामा कार्यरत सव इन्जिनियर संजय कुमार मण्डल प्रदेश २ ०२ ००१ ब ५५४ नम्बरको एकडारा गाउँपालिकाकोे सरकारी मोटरसाईकल लिएर किनमेल गर्न छिमेकी देश भारतको सोनवर्षा बजार गएका हुन ।
शनिबारको दिन सरकारी मोटरसाईकलमा श्रीमतीलाई लिएर किनमेल गर्न भारतिय बजार सोनवर्षा गएका सव इन्जिनियर मण्डललाई नेपाल भारत सिमा क्षेत्र स्थित त्रिभुवननगरमा शसस्त्र प्रहरी कर्माचारीहरुले सोधपुछ समेत गरेका थिए ।
सोही क्रममा सव इन्जिनियर मण्डलले आफ्नो घर हरिपुर्वा रहेको र विदामा घर आएको समयमा किनमेल गर्न भारतिय बजार सोनवर्षा गएको बताएका छन् । उनलाई शसस्त्र प्रहरीले रोकी चेकजाँच गरेपछि उनी महोतरीको एकडारा गाउँपालिकाको सव इन्जिनियर रहेको खुलेपछि शसस्त्र प्रहरीले छाडि दिएको थियो ।
यसरी सरकारी सवारीसाधनको दुरुपयोग गर्ने यी एक उद्धहरणीय पात्र मात्र हुन । मधेश प्रदेशका अधिकांश स्थानिय तहहरुका विभिन्न तहका कर्माचारीहरका साथै जनप्रतिनिधिहरु विभिन्न बाहनामा सरकारी सवारी साधनहरुको दुरुपयोग गर्ने गर्दछन् । भने सो विषयमा सरोकारवाला निकाय मौन देखिएको छ ।
लामो समयदेखि कर्माचारीहरुले चलाएको देशमा संघियता आई जनप्रतिनिधिहरु समेत आई सकेका भएपनि कर्माचारीहरुको स्वभाव परिवर्तन भएको छैन् भने जनप्रतिनिधिहरु आफुलाई ठुलै माान्छे भएको ठानी किनमेल गर्न जाने,माईती ससुराली जाँने तथा विभिन्न भोजभतेरहरुका साथै विभिन्न राजनैतिक कार्यक्रमहरुमा समेत जाने गरेका भएपनि जिल्ला प्रशासन कार्यालयहरु र जिल्ला समन्वय समितिका कार्यालयहरु मौन देखिएका छन् ।

सम्बन्धित समाचार