कबड्डीसंघ सर्लाहीको प्रथम अधिवेशन परवानीपुरमा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१३ गते   ५५० पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
जिल्ला कबड्डी संघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन सर्लाहीको लालबन्दी नगरपालिका १६ काे सभा हलमा सुरु भएको छ ।
लालबन्दी नगर खेलकुद विकास समितिका संयाेजक एवम लालबन्दी नगरपालिका १७ का अध्यक्ष विष्णु अधिकारीकाे अध्यक्षता एवम नेपाल कबड्डी संघ केन्द्रका काेषाअध्यक्ष  अनिल कुमार झाकाे प्रमुख आतिथ्यतमा प्रथम जिल्ला अधिवेशन सुरु भएको हाे ।

खेलकुख विकास समिति सर्लाहीका निवर्तमान अध्यक्ष एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले खेलकुद विधिलाई कार्यनयन गर्ने र व्यावसायिक रुपमा लैजााु पर्ने बताए । उनले खेलकुद क्षेत्रलाई व्यावसायिक र व्यवस्थित बनाउन निकै चुनाैति रहेकाे बताए ।
भाेलि सम्म हुने कार्यक्रममा लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा र खेलप्रेमीहरुका साथै कबड्डीसंग जाेडिएका खेलाडीहरुकाे विशेष उपस्थिति रहेकाे छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने आयाेजकले जनाएको छ । कार्यक्रमका वक्ताहरुले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिन नसकेकाे गुनासाे गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech