इ.प्र.का.लालबन्दीमा प्रहरी निरिक्षक गिरी आउने

854 Shares

शंखर पहाडी(गौरब)
 सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरिक्षक अच्यूत गिरी आउने भएका छन् ।विगत करिब एक महिनादेखि प्रहरी निरिक्षक विहिन भएको ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरिक्षक गिरी आउने भएका हुन ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरिक्षक गिरीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा काज सरुवा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरी निरिक्षक चाँडे नै ईलाका प्रहरी कार्यालय लालबन्दी आउने छन् ।
लालबन्दीका तत्कालिन प्रहरी प्रमुख शान्तराम कार्की जेठ १७ गते अनिवार्य अवकाश भएपछि इलाका प्रहरी कार्यालय लालबन्दी करिब एक महिनादेखि प्रहर िनिरिक्षक विहिन भएको थियो ।अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीमा वरिष्ठ सई जितेन्द्र चौधरीले निमित्त कार्यालय प्रमुख भएर काम गरि रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षकहरुको नियमित सरुवा निकाल्न अझै केही दिन लाग्ने भएकाले जिल्लाबाट भएको माग अनुसार प्रहरी प्रधान कार्यालयले संवेदनशील क्षेत्रमा मानिने लालबन्दीमा काज सरुवा गरेरै भएपनि नयाँ प्रहरी निरिक्षक गिरीलाई पठाउन लागेको हो ।

सम्बन्धित समाचार