Close This

सरकारले अतिक्रमित सबै भूभाग फिर्ता ल्याउँछः प्रधानमन्त्री ओली

पत्र पत्रिका    प्रकाशित: २०७७-२-६ गते   २५६ पटक हेरिएको

प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गर्नु भयो ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको बताउनु भयो ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्शा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि बताउनु भयो । सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको भन्दै उहाले भन्नु भयो, ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन । यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

 ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठो होइन ।’प्रधानमन्त्रीले ओलीले बताउनु भयो ।नक्शा सार्वजनिक भएसँग संविधानको अनुसूचीको व्यवस्था पनि फेरिनुपर्ने भएकाले उक्त व्यवस्था संशोधन गर्न सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउने भन्दै पारितका लागि संसदलाई प्रधानमन्त्री ओलीलेआग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीलेको आग्रहलाई सक्तापक्षका सांसदहरुले समर्थन जनाएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech