लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको वृक्षरोपण कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२१ गते   १०१५ पटक हेरिएको

गणेश खड्का


सर्लाहीको लालबन्दी नगरपालिका  १३ को कुशेश्वर आधारभुत विद्यालय र पत्थरकोट  स्वास्थ्य चौकीको प्राङ्गणमा वृक्षरोपण गरिएको छ । लालबन्दी नगरपालिका  १३ को कुशेश्वर आधारभुत विद्यालय र पत्थरकोट स्वास्थ्य चौकीको प्राङ्गणमा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले वृक्षारोपण गरिएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका अध्यक्ष मोहन कुमार राउतले जानकारी दिए ।


उनका अनुसार लालबन्दी नगरपालिका  १३ को कुशेश्वर आधारभुत विद्यालय र पत्थरकोट  स्वास्थ्य चौकीको प्राङ्गणका साथै त्रिशक्ति युवा समाज सेवा क्लबको फुटबल ग्राउण्डमा क्षेत्रमा अशोक,मलेसियन साल,कपुर,अमला र विभिन्न किसिमका फुलका विरुवाहरु रोपिएको हो । लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्य, कुशेश्वर आधारभुत विद्यालयका प्रधानाध्यापक माधब प्रसाद दाहाल,पत्थरकोट स्वास्थ चौकीका प्रमुख अमित गौतम, त्रिशक्ति युवा समाज सेवा क्लबका सदस्य लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जनाएको छ ।


“रूख ,बिरूवा ,फुल रोपि वातावरण जोगाऊ”भन्ने मुल नाराका साथ लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले सुरु गरेको वृक्षारोपण कार्यक्रममा लालबन्दी नगरपालिका १२ का समाजसेवी जुझारु युवा उमेश ठोकरको समेत सहभागीता रहेको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका पुर्व प्रेसिडेन्ट साकार शर्माले जानकारी दिए । वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका सदस्यहरुका साथै स्थानीय युवाहरुको विशेष सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech