सर्लाहीको लालबन्दीका स्थानीयले आफ्नो जमिनको तिरो तिर्न निकै सास्ती खेप्नु परेको गुनासो गरेका छन् । नेपाल सरकारले जग्गाको वर्गिकरण गरि सोही अनुसार राजश्व संकलन गर्ने योजना बनाएर अनुसार लालबन्दी नगरपालिकाले पनि नगर भित्रको जमिनको वर्गिकरण गरी तिरो तिर्न सूचना जारी गरि सोही अनुसार काम सुरु गरेपछि नगरबासी आफुखुसी सरकारलाई तिर्ने कर तिर्न पनि सास्ती बेर्हाेन बाधय भएका छन् ।
नगरका १७ वटा वडाहरुमा जग्गालाई चार भागमा वर्गिाकरण गरिएको छ । अवल,दोयम,सिम र चाहार गरी चार भागमा जग्गालाई वर्गिाकरण गरेपछि सोही अनुसार राजश्व संकलनको काम सुरु गरेको लालबन्दी नगरपालिकाले नागरिकहरुको सास्तीलाई भन्दा पनि करलाई प्राथमिकता दिएको पाइएको हो ।नगर भित्रको जग्गाको वर्गिकरण गरि सो लिष्ट हरेक वडा कार्यालयमा पठाइएको मकलपोत कार्यालय हरिवनको भनाई रहेपनि नगरका कुनै पनि वडामा सो सम्बन्धी लिष्ट नहुँदा नगरबासी नगररपालिकाको राजश्व शाखामा आई कागजात नपुगेको भन्दै फर्र्काइँदा सास्ती खेप्न बाध्य भएका छन् ।
नगरपालिकाले राजश्व शाखामा समेत सो लिष्ट टाँस नगरी कर असुल्ने काम मात्रे गर्दा सेवाग्राहीहरु मारमा परेका हुन । सो विषयमा लालबन्दी नगरपालिकाको राजश्व शाखा समेत अनभिज्ञ देखिएको छ । जसको प्रत्यक्ष मारमा लालबन्दीबासी परेका छन् ।गाउँ गाउँको सिंह दरवारबाट सेवा सुविधाहरु सहज रुपमा लिन पाईन्छ भन्ने लागेको थियो तर होईन रहेछ । बरु मालपोत कार्यालय मै गएर कर बुझाउदा जग्गाको कित्ता नम्बर र सम्बन्धी लालपुर्जाधारीको नागरिकताको फोटोकापी लिएर गए पुग्नेमा नगरपालिकामा दुनियाँ सास्ती खेप्नु पर्ने सेवाग्रहीहरुको गुनासो छ ।