सर्लाहीको गोडैता बजारमा मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा मुस्लिम समुदाय र हिन्दु समुदाय बीच झडप भएको प्रहरी स्रोतले जनाएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि मुस्लिम धर्मवलम्बिहरु र हिन्दु धर्मवलम्बिहरुबीच विवाद हुँदै आईरहेकामा आज(शनिबार) मुस्लिम धर्मवलम्बिहरुको पर्व मोहरम मनाउने क्रममा दुई समुदायबीच विवाद भई झडप भएको हो।

केहि दिन अघि हिन्दु धर्मवलम्बिहरुले गोडैतामा आफ्नो पर्व मनाउने क्रममा मुस्लिम समुदायका केहि मानिसहरुले बिरोध गरेका थिए । त्यस पछि दुई समुदायबीच त्यहि बिषयमा पटक पटक विवाद हुँदै आएको थियो । सो समयमा पनि केही स्थानीय घाइते भएका थिए भने केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएर केहि दिन पछि दुई पक्षबीच सहमती गराई छाडेको थियो ।
उक्त झडपमा परी केही स्थानीय र सुरक्षाकर्मीहरु समेत घाइते भएका छन्। तर प्रहरीले सो विषयमा खुलाएको छैन ।दुई समुदाय विच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको भएपनि कति शेल अश्रुग्याँस प्रहार गरेको हो भन्ने खुलाएको छैन् । यो समाचार तयार पर्दा सम्म सो स्थान शान्त भई सकेको तर पनि घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ रहेका प्रहरी स्रोतको भनाई छ । गोडैतामा दुई समुदायबीच केही समयदेखि विवाद हुन थालेको छ । तर सर्लाही प्रहरीले गरेका र सार्वजनिक गर्न मिल्ने सूचनाहरु पनि लुकाउने गरेको छ ।