कृषि तथा पशु सेवा शाखा बिहिन चन्द्रनगर,कृषि र पशु सेवा शाखाको रकम नै फ्रिज

644 Shares

 सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कृषि तथा पशुसेवा शाखा कर्माचारी विहिन हुँदा सो शाखाका लागि आएको रकम फ्रिज भएको छ ।चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरु विचको विवादका कारण बजेट व्यावस्था गरिएको शिर्षकमा पनि काम गर्न नसक्दा कृषि तथा पशुसेवा शाखामा कर्माचारीहरु नियुक्ति नहुनुको साथै यी शाखामा आएको रकम समेत फ्रिज भएको चन्द्रनगर गाउँपालिका ३ का अध्यक्ष सिताराम महतोले बताए ।
उनका अनुसार गाउँपालिकाले पटक पटक कर्माचारीहरु माग गरि आवेदन खोलिएको भएपनि गाउँपालिका अध्यक्ष राजकुमार महतोले  कमिसन नपाउँदा खोलीएको आवेदन पनि बनद गराका हुन। जसका कारण आर्थि वर्ष २०७९÷०८० को कृषि तथा पशुसेवा शाखाको रकम सबै फ्रिज भएको हो ।
गाउँ गाउँको सिंहदरबारको सिंह तानाशासी सिंह झैँ हुँदा बहुमतको निर्णय कार्यन्वयन हुन नसेको र जसका कारण विवाद हुँदा आर्थिक वर्ष २०८०÷०८१ नीति,कायृक्रम तथा बजेट समेत आउन सकेको छैन् ।
त्यसैगरी चन्द्रनगर गाउँपालिका २ स्थित गौचरण बजारमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्र र पशु सेवा कार्यालय कर्माचारी अभावका कारण प्रयोग विहिन भएका छन् । १५ शैयाको अस्पताल यस अघिका गाउँपालिकाका अध्यक्षले भवन ग्रहण गरि सकेका भएपनि सो भवन कसले कति लागतमा ,निर्माण भएको हो,संरचना कस्तो थियो लगायतका विषय मात्र नभई सम्झौतामा के थियो भन्ने समेत कुनै कागजात कहिपनि फेला नपरेको चन्द्रनगर गाउँपालिकाको स्वासथ्य शाखाले जनाएको छ । सुविधा सम्पन्न बनाई सेवा प्रवाह गर्ने योजना बनाईएको भएपनि भवन ग्रहण गर्दा निर्माण सम्पन्न हुन केही बाँकी रहेका कारण अहिले सेवा सुरु नभएको र निर्माणको क्रममा बाँकी रहेका समानय कामहरु सकेपछि गाउँपालिकाले भवन ग्रहण गर्ने साथै प्रयोगमा ल्याउने गाउँपालिको स्वास्थ्य शाखाका प्रमुख अमृत चौधरीले बताए। उनका अनुसार  एउटा अस्पतालमा हुनु पर्ने आधारभुत सबै प्रकार सेवा सुविधाहरु राखेर अस्पताल सञ्चालन आउने  छ ।
सो भवन निर्माणको लागि राष्ट्रिय योजना आयोगबाट रकम आएको बताइएको भएपनि त्यहाँ पनि कुनै कागजात फेला नपरेका कारण आफुहरु अन्यौलमा रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । निर्माण सम्पन्न भई हस्तान्तरण समेत गरि सकेको भवनको निर्माणको काम बाँकी देखेपछि आफुहरुले सोही अनुसार जानकारी गराएको र राष्ट्रीय योजना आयोगबाट पनि स्थलगत अनुगमन भएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

सम्बन्धित समाचार