सशस्त्र प्रहरीका १२ जना सशस्त्र प्रहरी उपरिक्षकहरु वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका छन् ।नेपाल सरकार गृह मन्त्रालय,बढुवा समितिको सचिवालयले साउन ३२ गते सशस्त्र प्रहरी उपरिक्षक पदबाट १२ जनालाई वरिष्ठ उपरिक्षक पदमा बढुवा गरेको हो ।
सशस्त्र प्रहरी सेवा,साधारण समूह,साधारण उपसमूहतर्फ रिक्त रहेका १२ सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक पदमा सशस्त्र प्रहरी नियमावली,२०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम राजेश उप्रेती,गंगाराम श्रेष्ठ,रविन राज कर्णजीत,भरत खनिया,नेत्र बहादुर कार्की,रमेश कुमार पाण्डे,विकाश घिमिरे,तिर्थराज पौडेल,जहर सिंह बुढा मगर,नरेन्द्र बम,सूर्य बहादुर सेन ओली र तेज प्रसाद पोखरेललाई सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
समितिको साउन ३२ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा गरिएको र सोही नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि मन्त्रालयले सूचना प्रकाशित गरेको जनाएको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यावस्था समेत गरिएको बढुवा समितिका सदस्य सचिव एवम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।