सागरनाथ वन विकास परियोजना सर्लाहीका कर्माचारीले शनिबार सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन् ।परियोजनाका कर्माचारीहरु विगत १३ महिनादेखि तलब खान नपाएर छटपटाई रहेको समयमा परियोजनाका केही कर्माचारीहरु परियोजनाको सरकारी सवारी साधन लिएर सार्वजनिक विदा तथा शनिबारको दिनपनि मोज गरि रहेका छन् ।

शनिबार दिउँसो करिब ४ बजे परियोजनाको सरकारी सवारी साधन लिएर परियोजनाका सहायक लेखापाल सुरेन्द्र जोशी बयलवास बजार घुम्न आएका हुन । परियोजनामा चौकीदारी गर्ने केही कर्माचारीहरु बोकेर परियोजनाका सहायक लेखापाल जोशी शनिबार बयलवास बजार घुम्न आएका पाइएको हो ।शनिबार र सार्वजनिक विदाको दिन सरकारी सवारी साधन लिएर बजार घुमन किन आउनु भएको भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा सरकारी सवारी साधन ग्यारेजमा रहेको परियोजनाका सहायक लेखापाल जोशीले बताएका भएपनि उक्त सवारी साधन बयलवास बजारमा भेटिएको हो ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको भएपनि सरोकारवाला निकाय वेखबर बनेको छ ।कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र सञ्चालन गर्न पाईने सरकारी सवारी साधन नियमको खिल्ला उडाउँदै सार्वजनिक विदाको दिन आफुखुसी प्रयोग भएको पाइएको हो ।नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन स्विकृत नलिई सरकारी सवारी साधनको प्रयोगलाई दुरुपयोग भएको मानिने जानकारहरुले बताएका छन् । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । प्राय सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।