सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित शान्ति टोलमा दुई समुह विच घाईते हुँदा २ जना घाईते भएका छन् । लालबन्दी नगरपालिका ५ स्थित शान्ति टोलका अन्दाजी वर्ष ४२ का राम चन्द्र ठाकुरको घरमा प्रतिवन्धीत लागु औषध गाँजा लुकाई राखिएको भन्दै आएका अज्ञात समुहले
ठाकुरको घरबाट सुन चाँदी गर गहना नगद र मोबाइल लिएर भाग्न खोजेपछि झडप हुँदा अज्ञात समुहका एक जना र ठाकुर गरी २ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ठाकुरको घरमा प्रतिवन्धीत लागु औषध गाँजा लुकाएर राखिएको भन्दै सो लिन पुगेका अज्ञात व्यक्तिहरुले ठाकुरमाथी चक्कु प्रहार गरेका छने भने गोली प्रहार गर्दा अज्ञात समुह कै एकजना घाईते भएपछि पेस्तोल फालेर अज्ञात समुह भागेका हुन ।
विवाद पछि अज्ञात समुहले ठाकुरको टाउकोमा चक्कु प्रहार गरेका र उनीहरुको साथमा रहेको कटुवा पेस्तोल पडकाउँदा उनीहरुकै समुहका एक जना घाईते भएपछि पेस्तोल फालेर घाईते बोकी भागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।
उनका अनुसार ठाकुरलाई हानेको गोली आफ्नै समुहका एक जनालाई लागेपछि पेस्तोल छाडेर बिरामीलाई बोकेर अज्ञात समुह भागेका हुन । झडप हुदा अज्ञात समुहको चक्कु प्रहारबाट घाईते भएका ठाकुरको लालबन्दीको मोडल अस्पतालमा उपचार भइरहेको छ। अज्ञात समुहसंग तीन वटा हतियार रहेको प्रहरीले अनुमान गरेको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।
घटनास्थल ईलाका प्रहरी कार्यालय लालबन्दीबाट करिब २ किलो मिटर दुरीमा रहेको भएपनि प्रहरी नपुगेको घाईते ठाकुरको भनाई छ । इलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिवोल केसी आएपछि उनी कमाउँ धन्दामा लाग्दा विभिन्न किसिमका गैर कानुनी धन्दा र अपराधिक गतिविधिहरु बढ्न थालेका स्थानीय जानकारहरु बताउँछन् ।