सर्लाहीको बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले बागमतीको शैक्षिक उन्नयन सम्बन्धि विज्ञहरुसंग अन्तरक्रिया गर्ने भएका छन् ।हालसालै ल्याएको शिक्षा विधेयकको विरुद्धमा आन्दोलन गर्न काठमाण्डौँ पुगेको बागमती नगरपालिका भित्रका शिक्षकहरुले काठमाण्डौँको बागबजार स्थित रहेको होटल हार्दिकमा बागमतीको शैक्षिक उन्नयन सम्बन्धि विज्ञहरुसंग अन्तरक्रिया गर्ने बागमती नगरपालिका ५ सोल्टी बजार स्थित रहेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
उनका अनुसार असोज ६ गते शनिबार बागमतीको शैक्षिक उन्नयन सम्बन्धि विज्ञहरुसंग काठमाण्डौँको बागबजार स्थित रहेको होटल हार्दिकमा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
शिक्षा विधेयकको विरुद्धमा आन्दोलन गर्न पुगेका बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरु सरकारसँगको सहमति पछि शिक्षकको आन्दोलन फिर्ता भएपछि बागमतीको शैक्षिक उन्नयन सम्बन्धि विज्ञहरुसंग अन्तरक्रियामा जुटेका हुन ।नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा छलफल भई वार्तामा सहमति जुटेपछि शनिबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने समझदारी भएपछि बागमतीका शिक्षकहरु अर्काे अभियानमा जुटेका हुन ।
नेपाल सरकार र आन्दोलनरत शिक्षकहरु विच धएको सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने,विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली,अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने,सरकार र शिक्षक महासंघ शिक्षकको समायोजन,तहगत प्रणाली र आवधिक बढुवाका विषयमा महासंघ र विज्ञसमेतको प्रतिनिधित्व गराइ अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्न सहमती भएका छन् ।
यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा १० वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने,प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ताहरुलाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने,शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता,विषयगत व्यवस्था,विद्यार्थी संख्यालाई आधार बनाउने लगायतका विषहरुमा पनि सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।संसदमा विधेयक दर्ता भएसँगै विधेयकका प्रावधानप्रति असन्तुष्ट रहेका शिक्षकले काठमाडौंँ केन्द्रित आन्दोलन थालेका थिए ।