लालबन्दी १ को नन्देश्वर सहकारीको २१ औँ वार्षिक साधारण सभा सम्पन्न

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-१२ गते   २४१ पटक हेरिएको

सर्लाहीको लालबन्दी  नगरपालिका १ स्थित नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.को २१ औँ वार्षिक साधरण सभा  सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष ओमकुमारी गौतमको अध्यक्षता एवम जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीकी अध्यक्ष मन्दिरा चालिसेको प्रमुख आतिथ्यतमा संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
आफ्नो २१ औँ वार्षिक साधारण सभामा सहकारीकी सचिव सुनिता बुढाथोकीले आर्थिक बर्ष २०७९/०८० मा रु १० करोड ९६ लाख १४ हजार ६ सय ९९ को आय÷व्याय प्रस्तुत गरेकी थिईन् । उनका अनुसार संस्थाले आर्थिक बर्ष २०७९/०८० मा रु ३४ लाख ३८ हजार ४ सय ४५ खुद मुनाफा गरेको छ ।
सभाको अवसरमा संस्थामा आबद्ध रही कारोबार गर्ने असल ऋणी,उत्कृष्ट र बचत कर्तालाई घडी र शेयर सदस्यका सन्तति मध्ये एसईईमा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २ जना लाई नगद सहित सम्मान गरिएको संस्थाकी व्यवस्थापक कविता कार्कीले जानकारी दिइन् ।
शेयर सदस्य उत्थानको लागि बचत तथा ऋणको मात्रै कारोबार नगरी उनीहरुको क्षमता नेतृत्व विकास लगायत उत्पादन सिल क्षेत्र र आय आर्जन तथा जीविकोपार्जनको क्षेत्रमा समेत लगानी गरेको सरकारीकी अध्यक्ष गौमतले बताईन् ।दैनिक जीविको पार्जनमा सुधार ल्याउन र संस्थाबाट ऋण लिएका सदस्यहरुले समयमै ऋण किस्ता बुझाई सहकारीलाई अब्बल र दिगोरुप  लैजान सक्नु पर्नेमा कार्यक्रममा सहभागी वक्ताहरुको भनाई छ ।
सहकारीको २१ औँ वार्षिक साधारण सभामा लालबन्दी नगरपालिकाको सहकारी समिति संयोजक गोपाल थापा,लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरिहर भट्टराई,ग्रामिण बचत तथा ऋण सहकारी लि.का श्यामबाबु कार्की,राष्ट्रिय सहकारी विकास बैक हरिवन शाखाका प्रमुख नारायण लामिछाने लगायतले विशेष उपस्थिति रहेको थियो ।
२०५९ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार १ सय ६५ शेयर  सदस्यहरु रहेको छन् भने रु १० करोड ९६ लाख १४ हजार ६ सय ९९ बराबरको आय÷व्याय रहेको सहकारीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech