नेपाल भारत सिमानाका अन्र्तगत सर्लाहीका विभिन्न सिमानाकाबाट दैनिक हजारौँ लिटर भारतिय दुध नेपालका डेरीहरुमा आउने गरेको छ ।नेपाली कृषकहरुले दुःख गरेर उत्पादन गरेको दुध बिक्री नभएर त्यसैखेर गइरहेका बेला संगठितरूपमा भारतीय दुध जिल्लाका डेरीहरुमा भित्र्याइने गरेको पाइएको हो ।भन्सार छली चोरी पैठारी नियन्त्रणका लागि सिमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरु समेतले सहजै तस्करीको दुध दैनिक भित्रिन दिएपछि नेपाली कृषकहरु मारमा परेका छन् ।तस्करीको दुधले जिल्लामा उत्पादन भएको दुध नै बिक्री नहुने अवस्था सिर्जना भएपछि जिल्लाका दुग्ध व्यवसायीहरुले स्थलगतरूपमा अनुगमन गर्न सरोकारवाला निकायसंग माग गरेका छन् ।उनीहरुले भारतबाट आयात हुने दुग्ध तथा दुग्धजन्य पदार्थमा निगरानी गर्ने निकायहरु नै मौन बस्दा आफुहरु मारमा परेको बताएका छन् ।
उक्त दुग्धको नेपाल सरकार,स्थानीय सरकार,पशु क्वारेन्टाइन कार्यालय,भन्सार कार्यालयसँग सूचना माग गर्दा कुनै अधिकारिक तथ्यांक नभएको नपाईएको छ ।‘भारतबाट सरदर दैनिक ७० हजार लिटर दुध नेपाल भित्रिने गरेको छ । जिल्लामा हाल ४० हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको जिल्लाका किसानहरुले बताएका छन् ।सर्लाहीमा रहेका सय वटा भन्दा बढी डेरीहरुबाट जिल्लामा दूधको खपत २० हजार लिटर मात्रै हुने गरेकोे छ भने करिब एक लाख लिटर दूध दैनिक सर्लाहीबाट काठमाण्डौँ,पोखरा,राजविराज र हेटौंडा जाने गरेको छ ।
यसरी दैनिक एक लाख लिटर दुध सर्लाहीमा बढी भएको देखिन्छ ।यो बढी भएको दुधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा सर्लाहीका किसानहरुले उत्पादन गरेको दुध बिक्री हुन नसकेर किसानहरु चिन्तामा छन् ।अन्य सामान जस्तै क्यारिङ गरेर सीमावर्ती गाउँ पर्सा,सिमरा भगवतिपुर र मलंगवा लगायतका स्थानमा रहेका नेपाल,राजधानी,सुजल,मंगलम्,शिवम्,कालिका,जगदम्बा,पुर्षोतम,जानकी,खरिपाटी र डिडिसि लगायतका डेरीहरुले जिल्लामा रहेका संकलन केन्द्रहरुमा भारतिय दुध संकलन गरि लैजाने गरेका पाइएको हो ।यी डेरीहरुका संकलन केन्द्रहरुमा संकलन गरिएकोमा भारतिय दुध नेपाली दुध मिसाउँछन् अनि त्यो दुध बजारसम्म आइपुग्छ ।कतिपय क्यारिङ गर्नेले मिठाई पसलदेखि घरसम्म अवैध दुध ल्याइदिने गरेको समेत पाइएको छ ।
भारतीय अवैध दुधबाट वाक्क दिक्क बनेका व्यवसायीहरुले नियन्त्रणका लागि सरोकारवाला निकायमा पटक पटक जाँदा पनि कुनै सुनुवाई नभएकाले मिडियाहरुमा आएको बताएका छन् ।स्वास्थ्यको लागी गुणस्तरिय दूध तथा दुग्धजन्य पदार्थ खानु पर्ने भए पनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दुधको बिक्रि वितरण भईरहेको जिल्लाका दुध उत्पादक किसानहरुको भनाई छ ।मापदण्ड पूरा गरि गुणस्तरिय र वैधानिक रूपमा दुग्ध पदार्थ विक्रि वितरण गर्ने जिल्लाका व्यवसायीलाई मर्का परेको उनीहरुको भनाई छ । जसले गर्दा नेपाली कृषकहरुले उत्पादन गरेको दुधले बजार नपाएर नेपाली किसानहरु मारमा परेका छन् ।
नेपाल,राजधानी,सुजल,मंगलम्,शिवम्,कालिका,जगदम्बा,पुर्षोतम,जानकी,खरिपाटी र डिडिसि लगायतका डेरीहरुले नेपाली कृषकहरुलाई दुधको मुल्य नदिने र भारतिय दुध भित्र्याउने गरेका किसानहरुको भनाई छ । खुल्ला सिमाना भएका कारण भारत तर्फबाट अवैध रूपमा सहजै आयात हुने खुल्ला दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरिता जाँच नभई आयात भई बिक्रि वितरण कार्यले गुणस्तरिय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार पनि हनन् भएको छ ।
नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा विक्रि वितरण भइ रहेको दुध र दुग्धजन्य पदार्थले अस्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिन मद्धत पु¥याएको बताउँदै व्यवसायीहरुले गरेको यस प्रकारको कार्यलाई निरुत्साहित गर्न जिल्लाका किसानहरुले माग गरेका छन् ।भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकल मार्फत भित्र्याइएको दूध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान नदिएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रूपले नेपालमा आउने गरेकोले यस प्रकारका सवारी साधनहरुलाई नेपाल प्रवेशमा रोक लगाउन सम्बन्धित निकायसँग जिल्लाका किसानहरुले माग समेत गरेका छन् ।