नेपाली कृषी क्षेत्रलाई आत्मनिर्भर बनाउँनै पर्छ ः अर्थ मन्त्री डा.महत

एसपि गौरव    प्रकाशित: २०८०-६-१४ गते   १६० पटक हेरिएको

नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए । नेपाली काग्रेस सर्लाहीका नेता कार्यकर्ताहरुसंगको भेटमा अन्र्थ मन्त्री महतले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको अग्रणी स्थान हुने भएको हुदाँ कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने बताए ।उनले नेपाल सरकारले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको अनुदान समेत दिने प्रतिवद्धता जनाए ।अनुदानको लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यहरु समेत गरिरहेको हुदाँ नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने अर्थ मन्त्री डा.महतको विश्वास छ । कृषि क्षेत्रमा आत्मनिर्भर बने,देशको अर्थतन्त्र विकास हुने हुँदा कृषी र पर्यटन व्यवसाय अब छिट्टै फड्को मार्ने समेत उनले दाबी गरे ।कृषिमा विभिन्न अनुदान दिन सरकार तयारी अवस्थामा रहेको समेत अर्थ मन्त्री डा.महतको भनाई छ ।
यसैगरी देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीहरुलाई निराश नहुन समेत उनले आग्रह गरे । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह,पर्यटकीय गतिविधिमा बढोत्तरी र बजेट अनुशासन कायम गरी अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”,अर्थमन्त्री डा.महतले भने,
आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको उनको भनाई छ ।त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील रहेको उनले बताए ।राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या बताउँदै सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिने अर्थ मन्त्री डा.महतको भनाइ छ ।अर्थ मन्त्री डा.महतले कुनै पनि दललाई सरकार बनाउन एकल बहुमत नभएको हुदाँ विभिन्न दलहरुको गठबन्धनले सरकार बनेको हुदाँ विकासमा एकरुपता नभएको समेत बताए ।कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech