सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित बरान टोलबाट लागु औषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इश्वरपुर नगरपालिका ६ बयलवासबाट फुलजोर तर्फ आउँदै गरेको बिआर ३० आर ९०३९ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा वाइनरेक्स नामक लागु औषध २ सय २ बोतल सहित २ जनालाई नियन्त्रण्णमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बयलवासबाट फुलजोर तर्फ आउँदै गरेको बिआर ३० आर ९०३९ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा वाइनरेक्स नामक लागु औषध २ सय २ बोतल सहित ब्रम्हपुरी गाउँपालिका ५ का अन्दजाी वर्ष २७ का कारी पासवान र सोही ठाउँका अन्दाजी वर्ष २० का अग्लेक्स पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको लागु औषध र मोटरसाईकल सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय केशरगन्जमा राखेर आवश्यक अनुसनधान सुरु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको टोलीले असोज १५ गते साँझ करिब ५ः३० बजेको समयमा इश्वरपुर नगरपालिका ५ स्थित रेल्वेको पुल नजिकैबाट लागु औषध चरेश सहित एउटा मोटरसाइकल र २ जनालाई नियन्त्रणमा लिएको भएपनि सो भने सार्वजनिक गरेको छैन् ।