संविधान संशोधनलाई सर्वसम्मतरुपमा पारित गराउन दलहरु एकमत

2.1k Shares

संविधान संशोधनलाई सर्वसम्मतरुपमा पारित गराउने विषयमा सबै दल एकमत देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउन मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सीमा विवादका विषयमा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर संविधान संशोधनमा प्रतिबद्धता जनाएका हुन् ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि गएको शुक्रबार संसदमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनमा पार्टीको पूर्ण समर्थन रहने भन्दै केन्द्रीय समिति बैठकको निर्णयपछि सरकारलाई ठोस जानकारी दिने बताए ।

मधेसवादी दलहरुले भने आफ्ना मागहरु पनि सँगै राखेर संविधान संशोधन गर्न सरकालाई आग्रह गरेको बताएका छन् ।प्रधानमन्त्री ओलीले तत्कालका लागि अहिलेकै प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार