नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लालबन्दी १३ संग लालबन्दी ८ को टिम ३–१ गोल अन्तरले पराजित

475 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा बुधबारबाट सुरु भएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता पहिलो खेलमा लालबन्दी नगरपालिका १३ को टिमसंग लालबन्दी नगरपालिका ८ को टिम ३–१ गोल अन्तरले पराजित भएको छ ।“देश प्रतिको हाम्रो माया,खेलकुदको विकास हाम्रो चाहना”भन्ने मुल नाराको बुधबार (आज)बाट कार्तिक ३ गते सम्म लालबन्दी नगरपालिका ८ मा सुरु भएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले उद्ध्घाटन गरेका आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामाले जानकारी दिए ।

उनका अनुसार इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पनामाया पाख्रिङ् लगायत १७ वटै वडाका वडा अध्यक्षहरु एवम जनप्रतिनिधिहरु र फुटबल प्रेमी महानुभावहरुको विशेष उपस्थिति रहेको थियो ।लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको सह योजना र लालबन्दी नगरपालिका ८ को आयोजनामा बुधबार(आज)बाट लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो ।लालबन्दी नगरपालिकाका १७ वटा वडाबाट प्रति वडा एउटा क्लवका दरले १७ वटा क्लवको सहभागितामा सञ्चालन सुरु भएको प्रतियोगिता नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने छ ।

लालबन्दी नगरपालिका र लालबन्दी नगरपालिका ८ का साथै लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको संयुक्त साझेदारीमा सञ्चालन सुरु भएको प्रतियोगितामा करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष लामाले बताए । उनका अनुसार  प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख नगद,प्रमाण पत्र र मेडल,द्धितिय हुने टिमले रु ५० हजार नगद,प्रमाण पत्र र मेडल साथै तृतिय हुने टिमले नगद रु २५ हजार,प्रमाण पत्र र मेडल पाउनु हुने छ ।प्रतियोगिताको हरेक दिन म्यान अफ द म्याच हुने खेलाडीले रु पाँच हजार नगद,उत्कृृष्ट खेलाडी र उत्कृृष्ट प्रशिक्षकले रु पाँच/पाँच हजार नगद पाउने छन् ।

त्यसैगरी विद्यागत खेलाडीहरुमा उत्कृष्ठ गोल किपर,वेष्ट डिफेन्डर,वेष्ट मिल्ड फिल्डर,सर्वाधिक गोलकर्तालाई पनि रु पाँच÷पाँच हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ठ खेलाडी र वेष्ट कोचलाई नगद रु सात/सात हजार प्रदान गरिने आयोजकले जनाएको छ ।लालबन्दी नगरपालिका र नगरका वडाहरु विच हरेक वर्ष हुँदै आएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यस वर्ष लालबन्दी नगरपालिका ८ मा सञ्चालन सुरु भएको हो ।बिहीबार(भोली) दोस्रो दिन लालबन्दी नगरपालिका ५ र लालबन्दी नगरपालिका १६ को टिम वीच दिउँसो २ बजेबाट प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार