सर्लाही प्रहरीद्धारा करिब १० लाख बराबरको मद्यिरा सहित सवारी साधन बरामद

2.1k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीले लक डाउनको समयमा चोरी निकासी गरि भारततर्फ लैजादै गरेको मद्यिरा तथा मद्यिरा ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ ।
लक डाउनको समयमा प्रहरी लक डाउन कार्यान्वयनका लागि फिल्डमा खटिने गरेको समयमा तस्कारहरुले मौका छोपी भारत तर्फ लैजादै गरेका कबिर ९ लाख ६३ हजार १ सय ३० बराबरको मद्यिरा तथा मद्यिरा ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
लक डाउनको मौका छोपीे नेपाल भारतको बिभिन्न नाकाहरुबाट भंसार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा सो मुल्य बराबरको अवैध मद्यिरा तथा मद्यिरा ओसार पसारमा संलग्न सवारी साधन बरामद गरी आवश्यक कारवाहीको लागी  आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ । साथै लकडाउनको समयमा अत्यावश्यक खाद्यान्न बाहेक अन्य मद्यिरा जन्य पदार्थहरु ओसार पसार तथा बेचबिखन नगर्न जिल्ला प्रहरी कार्यालय सर्लाही अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार