सर्लाहीको हरिवनमा बसको ठक्करबाट स्थानीय एक जनाको मृत्यु

गणेश खड्का    प्रकाशित: २०८०-७-३० गते   ३४६ पटक हेरिएको

पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ११ मा रात्री बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।सर्लाहीकै हरिपुर्वाबाट काठमाण्डौँ हिडेको ना ६ ख ९११७ नम्बरको रात्री बसले पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ११ मा ठक्कर दिँदा हरिवन नगरपालिका ११ कै अन्दाजी ८० वर्षीय मानबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको हो ।ठक्कर दिने बस इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेका र उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । 
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियमित रुपमा प्रेस नोटाको रुपमा जिल्लामा भए गरेका गतिविधिहरु इमेल मार्फत जानकारी गराउने गरेको भएपनि पछिल्लो समयमा सूचनाहरु लुकाउने गर्न थालेको छ ।
जिल्लाका खुल्ला सिमानाबाट हुने भन्सार छली चोरी तस्करी देखि लिएर प्रहरीले नियन्त्रणमा लिएको लागु औषधहरुको विवरण तथा चाडपर्वको नाममा खेलिने जुता तासको विवरण समेत सार्वजनिक नगरी आन्तरीक रुपमा प्रहरीको समेत मिलेमतोमा भएको होकी भन्ने शंका सृजना गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech