पीडितको पक्षमा सघाउने र समाचार लेख्नेलाई ठेगान लगाउने बाराका एसपी काफ्लेले धम्की दिएको आरोप

502 Shares

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले पीडितको पक्षमा सघाउने वा समाचार सम्प्रेषण गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा बोलाएर तह लगाउने धम्की दिएका छन् ।बाराको कलैया उपमहा नगरपालिका ६ निवासी रुपेश स्वर्णकार हत्या प्रकरणमा अनुसन्धानको लागि प्रहरीलाई दबाब दिने र पीडितको पक्षमा सघाउने वा समाचार सम्प्रेषण गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा बोलाएर तह लगाउने प्रहरी उपरिक्षक काफ्लेले धम्की दिएका पाइएको छ ।
मृतक स्वर्णकारको पक्षमा लागेर न्याय माग्ने आफन्त तथा शुभचिन्तकहरुलाई प्रहरीले विभिन्न बहानामा कार्यालयमा बोलाएर धम्की दिइरहेको पीडित परिवार स्रोतले जनाएको छ ।अनुसन्धानलाई चाँडो अगाडि बढाउन भन्दै मृतकका दाजु सुबोध सर्राफसहित बाराका नागरिक समाजका अगुवाहरु अहिले दिनहुँ धर्नामा बसेका छन् ।स्वर्णकारको हत्याकाण्डमा संलग्नहरुको कारबाहीको माग गर्दै कलैयाको भरतचोकमा हरेक दिन धर्नाको कार्यक्रम चलिरहेको मृतकका दाजु सुबोधले बताए ।उनका अनुसार यो धर्नामा सघाउने तथा न्यायको पक्षमा समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरुलाई प्रहरीले आफ्नो कार्यालयमा बोलाएर धम्काउने काम गरिरहेको छ । 
“आफ्नो परिवारका सदस्यको मृत्यु भएको पीडामा रहेका आफुहरुलाई प्रहरी प्रशासनबाट आवश्यक साथ सहयोग हुनुको सट्टा उल्टै धम्की आई रहेको छ ।कतिसम्म उल्टो भइरहेको छ भने हाम्रो समर्थनमा धर्नामा आउनेहरुलाई अप्रत्यक्ष रुपमा जिल्ला प्रहरी कार्यालयमा बोलाएर थर्काइदैछ,समाचार लेख्नेलाई विभिन्न बहानामा फसाइदिने धम्की दिँइदैछ ।जसका कारण अहिले हामी विक्षिप्त छौं र न्याय नपाउने होकी भन्नेमा सशंकित भएका छौँ ।अब प्रहरीले न्याय दिन्छन भन्ने हामीलाई आशा नै छैन । ” मृतकका दाजु सुबोधले बताए ।
गएको १३ गते स्वर्णकारको गोली प्रहारबाट मृत्यु भएको थियो । प्रेम सम्बन्धका कारण स्वर्णकारमाथि गोली चलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले बताउँदै आएको छ तर अहिलेसम्म बारा प्रहरीले त्यसको ठोस सबुत प्रमाण भन्ने सार्वजनिक गर्न सकेको छैन । हत्याको अनुसन्धानकोे बारेमा कमलामाई खबरले प्रतिक्रिया लिदा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने र प्रहरी प्रमुख प्रहरी उपरिक्षक काफ्ले दुवै जनाको फोन उठ्न ।

सम्बन्धित समाचार