सर्लाहीबाट भन्सार छलीको चिनी लिएर दोलखा हिडेको भ्यान सिन्धुली प्रहरीको नियन्त्रणमा

246 Shares

सर्लाहीबाट दाेलखा लैजाँदै गरेकाे अवस्थामा भन्सार छलिकाे चिनी सहित एउटा पिकअप सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीबाट दाेलखाकाे लागि भन्सार छलिकाे सामान लिएर जाँदै गरेकाे बागमती प्रदेश ०३-००१- च १४६९ नम्बरकाे पिकअप भ्यान सहित भन्सार छलिकाे चिनी ५० बाेरा,माेटर दाना १ बाेरा र निल कमल तेल २ कार्टुन ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय भिमानकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएको चिनी,माेटर दाना र तेल गरि अन्दाजी  दुई लाख ३२ हजार बराबरको रहेकाे सिन्धुली प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार भन्सार छलिको सामान सहित   पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेकाे प्रहरीले जनाएको छ । तर प्रहरीले चालककाे विवरण र कसकाे सामान हाे भन्ने विवरण खुलाएको छैन् ।
नियन्त्रणमा लिएको भ्यान सहित,चिनी,माेटर दाना र तेल आवश्यक कार्वाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय जनकपुर पठाई सकिएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार